समाचार

सुतिरहेका श्रीमानको हत्या

अर्घाखाँची, १ असार । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३ शिख्र गाउँमा घरायसी विवादका कारण एक महिलाले आफ्ना श्रीमानको हत्या गरेकी छन्। शनिबार राति सुतिरहेका श्रीमानलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। ३८ वर्षीय रामु कुमाललाई उनकी २७ वर्षीया पत्नी मेखमाया कुमालले राति करिब साढे १२ बजे टाउको पछाडिबाट दाउ प्रहार गरी हत्या गरेकी हुन्। … Continue reading सुतिरहेका श्रीमानको हत्या

थप पढ्नुहोस् »

लुम्बिनीमा बजेट अस्तब्यस्तः अन्तिममा योजना थप्ने कसरत, बजेटको आकार ४२ अर्ब पुग्ने अनुमान

दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ल्याउन लागेको छ । अन्तिम समयमा आएर लुम्बिनीमा बजेट अस्त्त ब्यस्त देखिएको छ । मुख्यमन्त्री र अर्थ मन्त्रीले अन्तिममा आर्थिक नीति बलियो बनाउन नसक्दा बजेट अस्तब्यस्त देखिएको हो । वार्षिक बजेटमा योजना थप्ने चलखेल अहिले पनि भएको छ । दिँउसो ३ वजे बस्ने … Continue reading लुम्बिनीमा बजेट अस्तब्यस्तः अन्तिममा योजना थप्ने कसरत, बजेटको आकार ४२ अर्ब पुग्ने अनुमान

थप पढ्नुहोस् »

अश्लील भिडियो बनाएर धम्क्याउने दुई युवक पक्राउ

काठमाडौ,१ असार । प्रहरीले अश्लील भिडियो बनाएर युवतीलाई धम्की दिएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभा स्थित भोजपुरको षडानन्द नगरपालिका–१ निवासी २९ वर्षीय सुजन भुजेल र २२ वर्षीय विपल राई रहेका छन्। संखुवासभाकी एक युवतीको उजुरीको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले जानकारी … Continue reading अश्लील भिडियो बनाएर धम्क्याउने दुई युवक पक्राउ

थप पढ्नुहोस् »

भूमे पर्वले प्रदेशको सांस्कृतिक पहिचान झल्काउँछ : मुख्यमन्त्री आचार्य

दाङ, असार १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिएको छ। “हाम्रा मौलिक संस्कार, … Continue reading भूमे पर्वले प्रदेशको सांस्कृतिक पहिचान झल्काउँछ : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

केदारनाथमा हेलिकप्टर दुर्घटना: सबैजनाको मृत्यु

काठमाडौँ ,१ असार । भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ। आज बिहान भएको हेलिकप्टर दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु भएको छ। देहरादूनबाट केदारनाथतर्फ जाँदै गरेको आर्यन कम्पनीको हेलिकप्टर त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त भएको हो। गौरीकुण्ड क्षेत्रको गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको उक्त हेलिकप्टरमा रहेको सबै यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि जिल्ला विपद् व्यवस्थापन अधिकारी … Continue reading केदारनाथमा हेलिकप्टर दुर्घटना: सबैजनाको मृत्यु

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशको बजेट आज

दाङ,१असार । लुम्बिनी प्रदेश सरकारले आज (आइबार) आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट प्रस्तुत गर्दै छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले “राजश्व र व्ययको वार्षिक अनुमान” प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक … Continue reading लुम्बिनी प्रदेशको बजेट आज

थप पढ्नुहोस् »

निर्माणाधिन पुल भाँचिदा ३ कामदारको मृत्यु

काठमाडौँ,१ असार निर्माणाधिन पुल भाँचिदा पुल निर्माणमा काम गरिरहेका तीनजना कामदारको मृत्यु भएको छ । मेची राजमार्गको हेवाँ खोला मडुलर ब्रिज पुल भाँचिँएर घाइते भएका ६ मध्ये ३ जनाको मृत्यु भएको हो। शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको थियो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिँदा निर्माणमा खटिएका ६ जना … Continue reading निर्माणाधिन पुल भाँचिदा ३ कामदारको मृत्यु

थप पढ्नुहोस् »

बाध्य भएर विद्यालय शिक्षा विधेयकमा हस्ताक्षर गरेः सभापति थापा

काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी सहमतिमा हस्ताक्षर गर्न आफू नैतिक दबाबमा बाध्य भएको बताएका छन्। शनिबार समितिको छलफलमा उनले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सहमतिमा सही गर्नुपरेको स्पष्ट पारे। “देशको समस्या समाधान हुन्छ भने त्यो गर्नु कुनै ठूलो अपराध लागेन,” थापाले भने, “तर … Continue reading बाध्य भएर विद्यालय शिक्षा विधेयकमा हस्ताक्षर गरेः सभापति थापा

थप पढ्नुहोस् »

Breaking:नागढुंगामा माइक्रो दुर्घटना, १९ जना घाइते

काठमाडौँ,३१ जेठ । नागढुंगामा माइक्रो दुर्घटना भएको छ । दुर्घटनामा परेर १९ जना घाइते भएका छन् ।काठमाडौंबाट चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार … Continue reading Breaking:नागढुंगामा माइक्रो दुर्घटना, १९ जना घाइते

थप पढ्नुहोस् »

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ,३१ जेठ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले न्याय परिषद्बाट सिफारिस गरिएका तीनै न्यायाधीशविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गर्ने निर्णय लिएको हो। जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका … Continue reading सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान

थप पढ्नुहोस् »