समाचार

संसद अवरोध हटाउन परामर्श समितीको बैठक

काठमाडौं १६ जेठ । सभामुख देवराज घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । यो छलफल लगत्तै उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले आयोजना गरेको सभामुखको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले … Continue reading संसद अवरोध हटाउन परामर्श समितीको बैठक

थप पढ्नुहोस् »

बाढीले डाइभर्सन बगाउँदा आवागमन पुर्ण अवरुद्ध

दाङ ,१६ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्किवास र दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएको छ। विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किवासमा रहेको विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। नवलपरासीका जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको भारी वर्षापछि वैकल्पिक सडक बगाएको हो। अहिले नयाँ डाइभर्सन बनाउन काम थालिएको … Continue reading बाढीले डाइभर्सन बगाउँदा आवागमन पुर्ण अवरुद्ध

थप पढ्नुहोस् »

राजसंस्था समर्थकले आज पनि प्रदर्शन गर्ने

काठमाडौं,१६ जेठ । राजसंस्था समर्थकहरुले आज पनि प्रदर्शन गर्ने भएका छन्। उनीहरूले राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शनको तयारी गरेका हुन्। राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको मागसहित राजावादी समूहले बिहीबार शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले संघीयता खारेज गर्नुपर्ने माग पनि राखेका छन्। अनिश्चितकालीन आन्दोलनमा रहेका यी समूहमा राप्रपा, राप्रपा नेपाललगायत विभिन्न हिन्दुवादी र राजावादी संघ–संस्थाहरू सक्रिय … Continue reading राजसंस्था समर्थकले आज पनि प्रदर्शन गर्ने

थप पढ्नुहोस् »

प्रेस युनियनको स्थापना दिवसमा ७५ जनाको स्वास्थ्य परीक्षण

दाङ,१५ जेठ। नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। प्रेस युनियन दाङ शाखाले जिल्लामा कृयाशिल पत्रकारहरु नि:शुल्क स्वास्थ्य परिक्षण गरेर स्थापना दिवस मनाएको हो। कार्यक्रम नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय दिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको … Continue reading प्रेस युनियनको स्थापना दिवसमा ७५ जनाको स्वास्थ्य परीक्षण

थप पढ्नुहोस् »

तुलसीपुरमा दुई अटो आपसमा ठोक्किँदा ५ जना घाइते

दाङ, जेठ १५ । दाङको तुलसीपुर उपमहानगरपालिका अटो एकआपसमा ठोक्किदा पाँचजना घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका –८ भम्केखोलामा दुई अटो आपसमा ठोक्किँदा ५ जना घाइते भएका हुन् ।आज दिउँसो १२ बजे बालपुरबाट तुलसीपुरतर्फ गइरहेको रा १ ह ३७९३ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको लु.प्र.०२–००१ ह ०५४० नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका … Continue reading तुलसीपुरमा दुई अटो आपसमा ठोक्किँदा ५ जना घाइते

थप पढ्नुहोस् »

एलन मस्कले छोडे ट्रम्पको प्रशासन

एजेन्सी । अमेरिकी टेक अर्बपति तथा टेस्लाका सह-संस्थापक एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँगको आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मार्फत् यसबारे जानकारी दिएका हुन्। सन् २०२५ को जनवरीमा डोनाल्ड ट्रम्प फेरि ह्वाइट हाउस फर्किएपछि उनले सरकारी खर्च कटौतीका लागि एलन मस्कलाई विशेष जिम्मेवारी दिएका थिए। … Continue reading एलन मस्कले छोडे ट्रम्पको प्रशासन

थप पढ्नुहोस् »

तुलसीपुरमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिदै

दाङ,१५ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा दाङ शाखाले बिहीबार दिउँसो तुलसीपुरमा पत्रकारका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । तुलसीपुरस्थित ‘ द पार्क क्याफे’मा दिउँसो २ बजेपछि आयोजना गरिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला जनश्वास्थ्य कार्यालय दाङ, रक्त सञ्चार केन्द्र तुलसीपुर र राप्ती प्रादेशिक अस्पतालको प्राबिधिक सहयोगमा … Continue reading तुलसीपुरमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिदै

थप पढ्नुहोस् »

दाङबाट काठमाडौं जाँदै गरेको बस नागढुंगामा पल्टियो

दाङ, १५ जेठ। दाङबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नागढुंगामा दुर्घटनामा परेको छ। काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत नागमन्दिर नजिक बस पल्टिँदा तीन जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजे सडकको नालीमा खसेको हो। उकालोमा ब्रेक नलागेपछि बस ब्याक भएर नालीमा खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा … Continue reading दाङबाट काठमाडौं जाँदै गरेको बस नागढुंगामा पल्टियो

थप पढ्नुहोस् »

आज लुम्बिनीसहित दुई प्रदेशमा भारी वर्षा हुने

दाङ,१५ जेठ। देशमा पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र … Continue reading आज लुम्बिनीसहित दुई प्रदेशमा भारी वर्षा हुने

थप पढ्नुहोस् »

पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

काठमाडौं, १५ जेठ । पूर्वमन्त्री तथा नेकपा (एमाले) नेता लालबाबु पण्डितलाई पत्नि शोक परेको छ। पण्डितकी धर्मपत्नी विमला महतको निधनले उनी शोकमा परेका छन् । पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनकी श्रीमती विमलाको गए राति १२:४५ बजे निधन भएको पुष्टि गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचाररत ६० वर्षीया महतको निधन भएको हो।

थप पढ्नुहोस् »