समाचार

आज बजेट प्रस्तुत हुँदै

काठमाडौं, १५ जेठ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने भएका छन्। दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री पौडेलले बजेट पेस गर्ने कार्यक्रम तय गरिएको संसद् महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए। … Continue reading आज बजेट प्रस्तुत हुँदै

थप पढ्नुहोस् »

तुलसीपुरमा फेला परेको शवको सनाखत: हातिखौवाका बस्नेत भएको पुष्टि

दाङ, १४ जेठ । दाङको तुलसीपुरमा गलेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ स्थित सिरखोलाको झाडीमा बुधबार बिहान फेला परेको गलेको अवस्थामा रहेको शवको सनाखत गरिएको छ। शव तुलसीपुर–६ हात्तिखौवाका ४४ वर्षीय हरिश चन्द्र बस्नेतको भएको पुष्टि भएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार मृतक बस्नेतको सनाखत उनका छोरा ऋषिकृष्ण … Continue reading तुलसीपुरमा फेला परेको शवको सनाखत: हातिखौवाका बस्नेत भएको पुष्टि

थप पढ्नुहोस् »

चलचित्र‘महाभोज’को प्रदर्शन स्थगित

काठमाडौँ,१४ जजेठ । नेपाली चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ । भोलि (विहिबार) देखि प्रर्दशनको तयारीमा रहेको चलचित्र तत्कालका लागि रोकिएको हो । निर्देशक दिनेश राउतका अनुसार देशको विषम परिस्थितीको कारणले तत्काललाई प्रदर्शन रोकिएको हो । ‘हामीले उपयुक्त समयमा प्रदर्शन गर्ने तयारी गरेका छौं’ राउतले भने । यो चलचित्र प्रदर्शन हुने दिन विहिबारदेखि सत्तारुढ र … Continue reading चलचित्र‘महाभोज’को प्रदर्शन स्थगित

थप पढ्नुहोस् »

प्रदेश सांसद गुरुङलाई पदमुक्त गर्न जनमत पार्टीको माग

दाङ,१४ जेठ। लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई पदमुक्त गर्न जनमत पार्टी संसदीय दलले माग गरेको छ। संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाउँदै गुरुङलाई प्रदेशसभा बैठकमा लगातार १० पटक अनुपस्थित रहेकाले पद रिक्त घोषणा गर्न अनुरोध गरेका हुन्। गुरुङ साढे दुई महिनादेखि बिना सूचना बेलायतमा बस्दै आएकी छिन्। वैशाख ३० … Continue reading प्रदेश सांसद गुरुङलाई पदमुक्त गर्न जनमत पार्टीको माग

थप पढ्नुहोस् »

सवारी दुर्घटनामा एकै परिवारका तीन सदस्यको मृत्यु

पचरौता,१४ जेठ । भारतको रक्सौलबाट बालकको उपचार गराएर फर्किंदै गर्दा पचरौता नगरपालिका–१ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा पाँच महिनाको बालक, उनकी २० वर्षीया आमा र ५० वर्षीया हजुरआमाको ज्यान गएको हो। मंगलबार राति भारतको छौडादानो क्षेत्रको बखरी गाउँ नजिक सडकमा निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको … Continue reading सवारी दुर्घटनामा एकै परिवारका तीन सदस्यको मृत्यु

थप पढ्नुहोस् »

राप्रपा सचेतक शाहीसहित तीन सांसदका पिएसओ एकैपटक फिर्ता

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) एकैपटक फिर्ता भएका छन्। पिएसओ फिर्ता भए पनि यसको कारण स्पष्ट नभएको उनीहरूको भनाइ छ। पिएसओ फिर्ता भएका सांसदहरूमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंह रहेका छन्। प्रमुख सचेतक शाहीले आफूहरूको सुरक्षा एकाएक फिर्ता … Continue reading राप्रपा सचेतक शाहीसहित तीन सांसदका पिएसओ एकैपटक फिर्ता

थप पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधपछि स्थगित

काठमाडौं,१४ जेठ। प्रतिनिधिसभाको आज (बुधबार ) को बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ। बैठक प्रारम्भ भएलगत्तै विपक्षी सांसदहरू उठेर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगनको घोषणा गरेका हुन्। विपक्षी दलहरूले बुधबार दोस्रो दिन समेत संसद् अवरुद्ध गर्दै गृहमन्त्री लेखकको तत्काल राजीनामा माग … Continue reading प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधपछि स्थगित

थप पढ्नुहोस् »

गृहमन्त्री लेखकको आग्रह : ‘संसद्मा धारणा राख्न समय चाहिन्छ’

काठमाडौँ ,१४ जेठ । प्रतिनिधिसभामा उठेका प्रश्नहरूमा प्रतिक्रिया दिन गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्ने अवसरको माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र प्रधानमन्त्री सचिवालयका अधिकारीहरूसँगको बैठकपछि गृहमन्त्री लेखकले आफूले संसद्मा धारणा राख्न समय माग गरेको जानकारी दिएका हुन्। बालुवाटार बैठकमा संसद् सुचारु गर्ने विषयमा समेत छलफल भएको … Continue reading गृहमन्त्री लेखकको आग्रह : ‘संसद्मा धारणा राख्न समय चाहिन्छ’

थप पढ्नुहोस् »

आठविसकोटमा जिप दुर्घटना: एकजना घाइते

रुकुम पश्चिम,१४ जेठ ।रुकुम पश्चिममा जिप दुर्घटना हुदा एकजना घाइते भएका छन् । जिल्लाको आठविसकोट नगरपालिका ११ को खौलामा जिप दुर्घटना भएको छ । मंगलबार बेलुका राडी बजारबाट वडा नम्बर १३ को घेत्माको लागि गएको लु १ च ९४५५ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुघर्टनामा परेर जिपका सहचालक घाइते भएका … Continue reading आठविसकोटमा जिप दुर्घटना: एकजना घाइते

थप पढ्नुहोस् »

पहिरोले अवरुद्ध राप्ती राजमार्ग: सडक खुल्न घन्टौं लाग्ने

सल्यान,१४ जेठ। राप्ती राजमार्घमा गइरातीको वर्षाका दाङ–सल्यान खण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलाबाट झरेको पहिरोका कारण पूर्णरुपमा सडक बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार, बुधवार बिहान करिब पौने ५ बजेतिर सडक माथिबाट खसेको पहिरोले दुवै लेन पूरै ढाकिएको छ। पहिरो हटाउनका लागि एक्स्काभेटरको सहायतामा काम गरिंदैछ भने, … Continue reading पहिरोले अवरुद्ध राप्ती राजमार्ग: सडक खुल्न घन्टौं लाग्ने

थप पढ्नुहोस् »