समाचार

गृहमन्त्रीको राजीनामा माग्नु अनुचित: प्रधानमन्त्री

काठमाडौं,१७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयको एक कर्मचारीमाथि प्रश्न उठेकै आधारमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित र बिना प्रमाण भएको बताएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा यस्ता माग राखेर सदन अवरोध गर्नु सही नभएको बताए। उनले भने, “प्रतिपक्षीलाई आफ्ना … Continue reading गृहमन्त्रीको राजीनामा माग्नु अनुचित: प्रधानमन्त्री

थप पढ्नुहोस् »

बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाङ१७ जेठ, । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए । बाढीले … Continue reading बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

बाढी बस्तीमा पस्दा २२ घर डुबानमा

झापा, १७ जेठ | झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ । मनसुन सुरू भएसँगै गए राति आएको बाढीले सुगाबथान, मिलनबस्ती, कुवाडी र सडकबस्तीलगायतका क्षेत्रमा २२ घर डुबानमा परेका हुन् । बाढीको जोखिम बढेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार बाढीले ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको … Continue reading बाढी बस्तीमा पस्दा २२ घर डुबानमा

थप पढ्नुहोस् »

‘मान्छे मारेकै हो’ भन्दै अस्पतालमा बरबराउन थाले आलम

काठमाडौं,१६ जेठ । ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टिएर बुधबारमात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्। शुक्रबार बिहान मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका आलमलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार बिहान ७ बजे नै समस्या देखिएपछि साढे १० बजेदेखि उपचार थालिएको हो। तर … Continue reading ‘मान्छे मारेकै हो’ भन्दै अस्पतालमा बरबराउन थाले आलम

थप पढ्नुहोस् »

नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा

काठमाडौं,१६ जेठ । काठमाडौंको दरवारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुनेगरी नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जय नेपालसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म निषेधाज्ञा जारी गरिएको हो। स्थानीय … Continue reading नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा

थप पढ्नुहोस् »

तुलसीपुर नगर जेसिजको हाजिरीजवाफ प्रतियोगिता: ज्ञान ज्योती मावि प्रथम

दाङ, १६ जेठ। तुलसीपुर नगर जेसिजको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगित सम्पन्न भएको छ। “Rise Together for Better Tomorrow” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक गरी १९ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिता पाँच चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरण सेलेक्सन राउन्ड, दोस्रो जनरल राउन्ड, तेस्रो र्यापिड फायर राउन्ड, चौथो … Continue reading तुलसीपुर नगर जेसिजको हाजिरीजवाफ प्रतियोगिता: ज्ञान ज्योती मावि प्रथम

थप पढ्नुहोस् »

असार १५ सम्मको प्रतिनिधिसभाको क्यालेन्डर सार्वजनिक

काठमाडौं,१६ जेठ। संघीय संसद् सचिवालयले असार १५ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ। शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गर्दै आगामी बैठकहरूको रूपरेखा तय गरेको हो। सो निर्णयअनुसार प्रतिनिधिसभाको अर्को बैठक जेठ २० गतेदेखि सुरु हुने तय भएको छ। संसद् सचिवालयका अनुसार सार्वजनिक गरिएको कार्यतालिकामा प्रतिनिधिसभाका विविध विधेयक र एजेन्डाहरू … Continue reading असार १५ सम्मको प्रतिनिधिसभाको क्यालेन्डर सार्वजनिक

थप पढ्नुहोस् »

मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा एकजनाको मृत्यु

सल्यान,१६ जेठ । मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा सल्यानमा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।   जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ सल्लीबजारबाट बालुवा संग्रहीतर्फ जाँदै गरेको भे १ ह ९९३० नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको भे १० प ८३८३ नम्बरको मोटरसाइकल अम्रा नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो … Continue reading मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

आलमलाइ सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं, १६ जेठ । रौतहट बम विस्फोट प्रकरणमा कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध छानबिनको माग गर्दै न्यायपरिषद्मा उजुरी परेको छ। युवराज पौडेलले दिएका उजुरीमा उनीहरूको कार्यक्षमता र विगतका फैसलामाथि प्रश्न उठाउँदै निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ। जिल्ला अदालतले दोषी ठहर गरेपनि उच्च अदालत जनकपुरको … Continue reading आलमलाइ सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी

थप पढ्नुहोस् »

पत्रकार तथा साहित्यकार चालिसेको निधन

काठमाडौं,१६जेठ । पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ। प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष समेत रहेका चालिसेको शुक्रबार बिहान ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि गरिँदैछ । उनी गोरखापत्र दैनिकका पूर्वसम्पादक समेत थिए । चालिसे प्रेस स्वतन्त्रताको पक्षमा दृढ रुपमा उभिने … Continue reading पत्रकार तथा साहित्यकार चालिसेको निधन

थप पढ्नुहोस् »