समाचार

सिनेमा संवादका लागि अभिनेता रमित ढुंगाना गणेशपुर पार्क आउँदै

दाङ,२२ जेठ । चर्चित अभिनेता रमित ढुंगाना दाङको तुलसीपुर स्थित गणेशपुर पार्क आउदै छन् । ढुंगाना ‘सिनेमा पर्यटन विशेष संवाद’ कार्यक्रममा सहभागी हुन तुलसीपुर–७ स्थित गणेशपुर पार्क (राप्ती शान्ति उद्यान) आउन लागेका हुन् । शनिबार हुने उक्त कार्यक्रमले चलचित्र, पर्यटन र संस्कृतिको अन्तरसम्बन्धबारे विशेष बहस र छलफल गर्ने उद्देश्य राखेको छ। चलचित्र पत्रकार संघ नेपाल, … Continue reading सिनेमा संवादका लागि अभिनेता रमित ढुंगाना गणेशपुर पार्क आउँदै

थप पढ्नुहोस् »

आफ्नै साथीको कुटाईबाट १४ वर्षीय विशालको मृत्यु

दाङ, २२ जेठ । तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट घाइते भएका १४ वर्षीय किशोरको मृत्यु भएको छ । रुकुमको बाफिकोट घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना बस्ने विशाल गिरीको साथीको कुटपिटबाट मृत्यु भएको हो । गिरीलाई जेठ १९ गते बेलुकी तुलसीपुर ९ बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए । … Continue reading आफ्नै साथीको कुटाईबाट १४ वर्षीय विशालको मृत्यु

थप पढ्नुहोस् »

मोटरसाइकलको ठक्करबाट तुलसीपुरमा ६ वर्षीय बालक गम्भीर घाइते

दाङ,२१ जेठ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा नजिकै मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालक गम्भीर घाइते भएका हुन् । बुधबार अपरान्ह साढे ४ बजे रानीजरुवा बाट बसपार्कतर्फ जाँदै गरेको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलले पैदलयात्री ६ वर्षीय उत्तम पुनलाई ठक्कर दिएको हो। उनी सोही स्थानमा बसोबास … Continue reading मोटरसाइकलको ठक्करबाट तुलसीपुरमा ६ वर्षीय बालक गम्भीर घाइते

थप पढ्नुहोस् »

राजावादीको समिक्षा बैठकमा होहल्ला: भएन समिक्षा

काठमाडौं,२१ जेठ। राजतन्त्र फर्काउन भन्दै आन्दोलनमा रहेको ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा होहल्ला भएपछि बैठक त्यतिकै सकिएको छ। जेठ १५ देखि मंगलबारसम्म चलेको आन्दोलनको समीक्षा गर्न बसेको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नआएपछि सहभागीहरूले होहल्ला सुरु गरेका थिए। आन्दोलनको समीक्षा र नयाँ आन्दोलन घोषणा गर्ने भन्दै सुवेदी संयोजकत्वको समितिको बैठक बसे पनि नयाँ आन्दोलनको कार्यक्रम घोषणा … Continue reading राजावादीको समिक्षा बैठकमा होहल्ला: भएन समिक्षा

थप पढ्नुहोस् »

तुलसीपुर–कपुरकोट सडकखण्ड ९ दिनका लागि बन्द

दाङ २१ जेठ । दाङको तुलसीपुरदेखि सल्यानको कपुरकोट जोड्ने राप्ती लोकमार्गको सडकखण्ड जेठ २३ गतेदेखि असार १ गतेसम्म दिउँसो बन्द हुने भएको छ। सडकको मर्मत तथा स्तरोन्नतिको काम चलिरहेकाले निर्माण कम्पनीको अनुरोधमा स्थानीय प्रशासनले सडक बन्द गर्न स्वीकृति दिएको हो। दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सार्वजनिक सूचना जारी गर्दै उक्त सडकखण्ड बिहान ११ … Continue reading तुलसीपुर–कपुरकोट सडकखण्ड ९ दिनका लागि बन्द

थप पढ्नुहोस् »

गृहमन्त्री लेखकको अडान : ‘राजीनामा होइन, संसदमा जवाफ दिन चाहन्छु’

काठमाडौं,२१ जेठ । भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। उनले संसदमा उठेका सबै प्रश्नहरूको जवाफ दिन तयार रहेको स्पष्ट पारेका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री लेखकले भने, “भिजिट भिसा प्रकरणबारे सबैको चासो भएकाले समितिमा होइन, संसदमा विस्तृत रूपमा जवाफ दिन चाहन्छु। त्यसका … Continue reading गृहमन्त्री लेखकको अडान : ‘राजीनामा होइन, संसदमा जवाफ दिन चाहन्छु’

थप पढ्नुहोस् »

यातायात व्यवसायीको आन्दोलन फिर्ता

दाङ,२० जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आन्दोलन हाललाई स्थगित गरिएको जानकारी दिए। गण्डकी प्रदेशले ल्याएको उक्त नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए। देशभर सडक बन्दजस्ता कार्यक्रम गर्दै आएका … Continue reading यातायात व्यवसायीको आन्दोलन फिर्ता

थप पढ्नुहोस् »

टिप्परको ठक्करबाट प्रहरी जवानको मृत्यु

दाङ, २० जेठ । टिप्परको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। पूर्व- पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका- ५ फूलजोर चोकमा मंगलबार टिपरको ठक्करबाट घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका(६ का ३० वर्षीय मीन बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मंगलबार दिउँसो १ बजेतिर बयलवासबाट फूलजोरतर्फ जादै … Continue reading टिप्परको ठक्करबाट प्रहरी जवानको मृत्यु

थप पढ्नुहोस् »

सहमति कार्यान्वयन नभए आन्दोलन अझ सशक्त बन्छ: यातायात व्यवसायी

दाङ,२० जेठ । सरकारले यातायात व्यवसायीहरूसंग गरेको सहमति फिर्ता नभए आन्दोलन थप सशक्त बनाइने बताएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर यातायात व्यवसायी, स्वरोजगार तथा मजदुरहरूले आन्दोलन जारी राखेका छन्। जेठ १९ गतेदेखि चरणबद्ध रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ। संघीय सरकारसँग केही सहमति भएको भए … Continue reading सहमति कार्यान्वयन नभए आन्दोलन अझ सशक्त बन्छ: यातायात व्यवसायी

थप पढ्नुहोस् »

कालो प्लेटलाई रातो बनाएर चलाएको गाडी तुलसीपुरमा पक्राउ

दाङ,२० जेठ । दाङको तुलसीपुरमा आजको बन्दको समयमा सार्वजनिक सवारी साधनमा निजी नम्बर प्लेट राखेर संचालन गरिएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती प्रदेश–०१–०३१ ज ९५५१ नम्बरको कालो प्लेट भएको सार्वजनिक गाडीलाई बागमती प्रदेश–०१–०३१ च ९५५१ नम्बरको रातो प्लेट राखेर संचालन गरिएको पाइएपछि नियन्त्रणमा लिइएको हो। यातायात व्यवसायीहरुले सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गर्ने निर्णय … Continue reading कालो प्लेटलाई रातो बनाएर चलाएको गाडी तुलसीपुरमा पक्राउ

थप पढ्नुहोस् »