समाचार

तुलसीपुरबाट १४ वर्षीया बालिका बेपत्ता

दाङ,२६ जेठ । दाङको तुलसीपुरबाट १४ वर्षीय बालिका बेपत्ता भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–(ख) लाइनबाट १४ वर्षीया सुनिता थापा बेपत्ता भएकी हुन् । प्युठान स्थायी घर भई हाल हजुरआमाको साथ बस्दै आएकी सुनिता यहि जेठ २१ गते बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सुनिता तुलसीपुर सेन्टर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । बालिकाको खोजीका लागि परिवारले … Continue reading तुलसीपुरबाट १४ वर्षीया बालिका बेपत्ता

थप पढ्नुहोस् »

राप्तीले हटायो एकैपटक ७४ कर्मचारी

चितवन,२६ जेठ । राप्ती नगरपालिकाले एकैपटक ७४ जना कर्मचारीलाई हटाएको छ। आन्तरिक स्रोतको अभाव र अख्तियारको चासो देखाउँदै राप्ती नगरपालिकाले एकैपटक ७४ जना ज्यालादारी कर्मचारी हटाएको हो । नगर प्रमुखको संयोजकत्वमा गठित सहजीकरण समितिको निर्णयअनुसार सोमबार (जेठ २६)देखि निर्णय लागू गरिएको हो। हटाइएका कर्मचारीमध्ये भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, … Continue reading राप्तीले हटायो एकैपटक ७४ कर्मचारी

थप पढ्नुहोस् »

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं,२५ जेठ । विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रौतहटका ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपरासीका ४१ वर्षीया रिना गुरौ, र काभ्रेका ५५ वर्षीय कविराज सिपखान रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार ठाकुरले कतार पठाइदिने भन्दै एक व्यक्तिसँग १ … Continue reading विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

थप पढ्नुहोस् »

स्कुटरले ठक्कर दिदा १४ वर्षीय बालक गम्भीर घाइते

दाङ,२५ जेठ ।दाङको तुलसीपुरमा एक बालक गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–७ माटाकुटी नजिक स्कुटरले साइकलयात्रीलाइ ठक्कर दिदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। आइतबार बेलुका ५ बजे श्रीगैबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प २५९८ नम्बरको स्कुटरले विपरीत दिशाबाट जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा गंगादेव गाउँपालिका–३ रोल्पाका कमानसिङ बस्नेत गम्भीर … Continue reading स्कुटरले ठक्कर दिदा १४ वर्षीय बालक गम्भीर घाइते

थप पढ्नुहोस् »

भारतमा प्रेमिका हत्याको अभियोगमा एक नेपाली पक्राउ

दाङ,२५ जेठ । भारतको हैदराबादमा एक नेपाली युवतीको हत्या अभियोगमा उनका प्रेमी पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय नेपाली युवक विजय टोपा रहेका छन् । उनी ३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या अभियोगमा पक्राउ परेका हुन्। दुवै जनाको चिनजान फेसबुकमार्फत भएको थियो। विवाहित र दुई सन्तानकी आमा बोहरा अप्रिलदेखि टोपासँग हैदराबादमा … Continue reading भारतमा प्रेमिका हत्याको अभियोगमा एक नेपाली पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा

दाङ,२५ जेठ । दाङको तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित ख लाइनमा डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।। उक्त डेन्टलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष देवबहादुर केसीले गरेका हुन् । उद्घाटन गर्दै उपाध्यक्ष केसीले जनआवश्यकता अनुसार डेन्टल क्लिनिकहरू सञ्चालन हुनु यस क्षेत्रका लागि खुसीको कुरा भएको बताएका थिए। तुलसीपुरमा डेन्टल क्लिनिकहरू … Continue reading तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा

थप पढ्नुहोस् »

Update: दुईजनाको मृत्यु

दाङ,२५ जेठ २५। बखरियामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ। तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा आज बिहान भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको हो। गोल्टाकुरीबाट तुलसीपुर जांदै गरेको यात्रुबाहक बस (ना ४ ख ४००९) र ज्ञानज्योति बोर्डिङ स्कुलको खाली बस (रा १ क ८७०) ठोक्किएपछि यात्रुबस सडकबाट करिब ५ मिटर तल खस्दा दुर्घटना … Continue reading Update: दुईजनाको मृत्यु

थप पढ्नुहोस् »

बखरियामा बस दुर्घटना: एकजनाको मृत्यु,३५ बढी घाइते (विवरणसहित)

दाङ, २५ जेठ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा परेर मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ सिमलताराका २५ वर्षीय नारायण भण्डारी रहेका छन्। घाइते अवस्थामा रहेका भण्डारीलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी … Continue reading बखरियामा बस दुर्घटना: एकजनाको मृत्यु,३५ बढी घाइते (विवरणसहित)

थप पढ्नुहोस् »

ट्याक्टरको टोचनमा बसेका एक बालक घाइते

दाङ,२५ जेठ । दाङको तुलसीपुरमा एक बालक घाइते भएका छन् । तुलसिपुर उपमहानगरपालिका–५ रानिजरुवा नजिक आइतबार बिहान ट्याक्टरबाट खस्दा १५ वर्षीय बालक घाइते भएका हुन् । रानिजरुवाबाट बेलुवा तर्फ कामको लागि जाँदै गरेको रा.१ त ४०९५ नम्बरको मिक्चर जोडिएको ट्याक्टरको टोचनमा बसेका ऐरावती गाउँपालिका–८ निवासी पारस बिक घाइते भएका छन् । टोचनमा बसेका बिक अचानक … Continue reading ट्याक्टरको टोचनमा बसेका एक बालक घाइते

थप पढ्नुहोस् »

हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर

दाङ २४ जेठ। दाङको तुलसीपुरस्थित हिमाल एकाडेमी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग र हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा शिविर सञ्चालन भएको थियो। विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा २ सय भन्दा बढीले शिविरबाट लाभ लिएका छन् वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेशमान शेरचनको नेतृत्वको स्वास्थ्य चिकित्सकको टोलीले … Continue reading हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर

थप पढ्नुहोस् »