समाचार

जलेको अवस्थामा पल्सर मोटरसाइकल फेला

दाङ २७ जेठ। दाङमा जलेको अवस्थामा पल्सर मोटरसाइकल फेला परेको छ। जिल्लाको दङ्गीशरण गाउँपालिका वडा नं २ बागीचिरा सिँचाई ड्याम नजिकैको जंगलमा जलेको अवस्थामा मोटरसाइकल फेला परेको हो। मङ्गलबार मोटरसाइकल जलेको अवस्थामा फेला परेको भन्ने सूचना पाएपछि इलाका प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी सहायक निरीक्षक कनैया लाल थारुको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थल पुगेर … Continue reading जलेको अवस्थामा पल्सर मोटरसाइकल फेला

थप पढ्नुहोस् »

असई चन्दमाथि कुटपिट

धनगढी,२७ जेठ । नेपाल प्रहरीमा कार्यरत एक असईमाथि कुटपिट भएको छ। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका अन्तर्गतको पचुई प्रहरी चौकीका असई तथा इन्चार्ज धीरबहादुर चन्दमाथि कुटपिट गरिएको हो। सामाजिक सञ्जालमा असई चन्दलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले असई चन्दलाई लछारपछार गरिरहेको देखिन्छ। चन्दको कमिज समेत च्यातिएको … Continue reading असई चन्दमाथि कुटपिट

थप पढ्नुहोस् »

तुलसीपुरको बसपार्कमा एक पुरुष मृत फेला

दाङ २७ जेठ । दाङको तुलसीपुर स्थित नयाँ बसपार्क परिसरमा एक पुरुष मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रहरीका अनुसार जेठ २४ गते बिहान बसपार्कको बस काउन्टरको दक्षिणतर्फ रहेको प्रतिक्षालयमा अन्दाजी ४२ वर्षीय पुरुषको शव फेला परेको हो। तर हालसम्म पनि उनको … Continue reading तुलसीपुरको बसपार्कमा एक पुरुष मृत फेला

थप पढ्नुहोस् »

नागरिकता विधेयक समितिबाट पारित

काठमाडौँ, २७ जेठ। राज्य व्यवस्था तथा सुशासन समितिले अब आमाको नामबाट पनि नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको नागरिकता विधेयक पारित गरेको छ। समितिको मंगलबार बसेको बैठकले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक अनुमोदन गरेको हो। समितिका सभापति रामहरि खतिवडाका अनुसार, नयाँ विधेयकमा अब नागरिकता आमा वा बाबु जुनसुकै अभिभावकको नामबाट पनि प्राप्त … Continue reading नागरिकता विधेयक समितिबाट पारित

थप पढ्नुहोस् »

टेलिकमको प्रवक्तामा रविन्द्र

काठमाडौँ,२७ जेठ ।नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

थप पढ्नुहोस् »

गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रण

काठमाडौँ,२७ जेठ । काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन … Continue reading गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रण

थप पढ्नुहोस् »

एकदिवसीय अन्तर्राष्ट्रियमा नन्दनको डेब्यु

काठमाडौं,२६ जेठ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमार्फत नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्। खेलअघि सोमपाल कामी घाइते हुँदा नन्दनले टिममा अवसर पाएका हुन्। उनले हङकङसँगको चारदेशीय सिरिजमा नेपालको लागि टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

थप पढ्नुहोस् »

भेरीमा बेपत्ता तीनैजना बालबालिकाको शव फेला

जाजरकोट,२७ जेठ । भेरी नदीमा बगरे बेपत्ता भएका तीनैजना बालालिकाको शव फेला परेको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैमा भेरी नदीमा पौडी खेल्ने क्रममा उनीहरू शुक्रबार बेपत्ता भएका थिए । शुक्रबार दिउँसो नदीमा नुहाउन गएका उनीहरू बेपत्ता भएका थिए। प्रहरीका अनुसार उनीहरूको शव विभिन्न समयमा फेला परेको हो। प्रहरीका अनुसार १२ वर्षीया आशा कुसारीको शव … Continue reading भेरीमा बेपत्ता तीनैजना बालबालिकाको शव फेला

थप पढ्नुहोस् »

तुलसीपुरलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

दाङ,२७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ पालिका घोषाणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका, , नगरस्तरीय खोप समन्वय समिति तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरको संयुक्त आयोजनामा मङ्गलबार एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नगरस्तरीय खोप समन्वय समितिका संयोजक टिकाराम खड्काको अध्यक्षता तथा जिल्ला … Continue reading तुलसीपुरलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

थप पढ्नुहोस् »

प्रदेश अध्यक्षसहितका नेता जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, २७ जेठ । शोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा … Continue reading प्रदेश अध्यक्षसहितका नेता जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

थप पढ्नुहोस् »