समाचार

प्रतिनिधिसभाबाट नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

काठमाडौं,५ फागुन । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि सदनले अनुमोदन गरेको हो। सभामुख घिमिरेले अब प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले संशोधन प्रस्ताव पेस गर्न सक्ने जानकारी गराएका छन्। यसअघि आइतबार विधेयक पारित गर्ने प्रयास भए पनि गणपूरक सङ्ख्या नपुगेका कारण प्रक्रिया … Continue reading प्रतिनिधिसभाबाट नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

थप पढ्नुहोस् »

दाङमा प्रधानमन्त्री ओली, प्रदेश सभालाई सम्बोधन गर्दै

दाङ, ५ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङकाे देउखुरी पुगेका छन । मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री अाेलिलाई स्वागत गरेका छन । नेपाली सेनाकाे एनए०६७ हेलिकप्टर मार्फत ओली दाङ आएका हुन ।अहिले प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरिरहेका छन । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरद्वारा मुख्यमन्त्री … Continue reading दाङमा प्रधानमन्त्री ओली, प्रदेश सभालाई सम्बोधन गर्दै

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज गायक प्रकाश दुतराजको प्रस्तुति

दाङ, ५ फागुन । तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराजको प्रस्तुति रहने भएको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका दुतराजले आफ्नो लोकप्रिय गीत प्रस्तुत गर्ने भएका हुन् । संगीतप्रेमीहरूका लागि थप मनोरञ्जन प्रदान गर्न लोकगायक चन्द्र शर्मा र चर्चित डान्सर निशा गिरीको पनि विशेष प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए । … Continue reading तुलसीपुर महोत्सवमा आज गायक प्रकाश दुतराजको प्रस्तुति

थप पढ्नुहोस् »

गायक रमेशराजको प्रस्तुतिमा दर्शक झुमे

दाङ, ४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रमाए । गायक भट्टराईले ‘बेहुला बनाउँछु, भन्थी बहुला बनाएर गइ’ लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाएका थिए । भट्टराईको ऊर्जाशील प्रस्तुति र स्टेजमा उनको … Continue reading गायक रमेशराजको प्रस्तुतिमा दर्शक झुमे

थप पढ्नुहोस् »

उपमहानगरको डम्पिङ साइडमा आगलागी

दाङ, ४ फागुन । तुलसीपुरको डम्पिङ साइडमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ र १२ मा रहेको डम्पिङ साइडमा आगलागी भएको हो । आगलागी राति कुन बेला सुरू भयो भन्ने यसको कारणबारे अझै स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । स्थानीयवासी तारा प्रसाद परियारका अनुसार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । उनले … Continue reading उपमहानगरको डम्पिङ साइडमा आगलागी

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज रमेशराज, इब्सल,बिमता,लगायतका कलाकार आउँदै

दाङ,४फागुन। दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीकरण रहने भएका छ । आज आइतबार चर्चित कलाकार बिमता घर्ती, रमेशराज भट्टराई, इब्सल सन्ज्याललगायतले प्रस्तुति दिने सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए । कार्यक्रम उद्घोषणको जिम्मेवारी वर्षा पाण्डे र माधव खत्रीले सम्हाल्नेछन्। साथै, स्थानीय कलाकारहरूद्वारा बेजोड प्रस्तुति पनि रहनेछ। यस महोत्सवको संरक्षण तुलसीपुर उपमहानगरपालिकाले गरेको छ। आयोजक … Continue reading तुलसीपुर महोत्सवमा आज रमेशराज, इब्सल,बिमता,लगायतका कलाकार आउँदै

थप पढ्नुहोस् »

सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न

दाङ,३ फागुन । सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय संचालक समितीका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि खड्काले शिक्षा मात्र नभई संस्कार, भाषा र अनुशासन सिकाउन जरुरी रहेको उल्लेख गरे। अभिभावक बालबालिकाको पहिलो शिक्षक भएको बताउदै … Continue reading सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न

थप पढ्नुहोस् »

दाङमा बनभेरीको टोकाइबाट आमा-छोरा घाइते

दाङ,३ फागुन । बनभेरीको टोकाइबाट दाङमा आमा-छोरा घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आज दिउँसो १ बजे खेतमा पानी सिंचाइ गर्ने क्रममा बनभेरीले टोकेर आमा-छोरा घाइते भएका छन्। स्थानीय २३ वर्षीया भिमा बुढा र उनका ११ वर्षीय छोरा बिवश बुढालाई बनभेरीले टोकेको हो। घाइते दुबैजनालाई तत्कालै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ। उनीहरूको … Continue reading दाङमा बनभेरीको टोकाइबाट आमा-छोरा घाइते

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज आस्था राउत आउदै

दाङ,३ फागुन । दाङको तुल्सीपुरमा फागुन १ गते देखि संचालन भइरहेको तुल्सीपुर महोत्सवमा आज शनिबार पनि चर्चित कलाकारहरुले प्रस्तुतीकरण दिने भएका छन । आज शनिबार महोत्सवमा चर्चित गायिका आस्था रावत आउन लागेको ससकृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए । चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा …. बोलको गीतबाट चौतर्फी चर्चामा पुगेकी रावतले शनिबार तुलसीपुरमा सञ्चालन … Continue reading तुलसीपुर महोत्सवमा आज आस्था राउत आउदै

थप पढ्नुहोस् »

टीका सानुसँग रमाएका दर्शक शनिबार आस्थासँग रमाउन पाउने

दाङ २ फागुन। दाङको तुलसीपुरमा दोस्रो कृषि सांस्कृतिक तथा व्यापारिक महोत्सव -२०८१ जारी रहेको छ। फागुन १ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार गायीका टिका सानु र गायक कमल बिसी( माइलाले) आफ्नो प्रस्तुति राखेका थिए। गायिका टिका सानुले लैजाउ माया घुमाउन बम्बई, घाँसी काटौँ खोली दोबान लगायतका गीतहरू गाएकी थिइन्।उनको गीत र संगीतमा दर्शकहरू … Continue reading टीका सानुसँग रमाएका दर्शक शनिबार आस्थासँग रमाउन पाउने

थप पढ्नुहोस् »