समाचार

सडक दुर्घटना बढ्नुमा राज्य जिम्मेवार छ:मन्त्री न्यौपाने

दाङ, २१ पुस । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बढ्दो सडक दुर्घटनाको जिम्मेवार राज्य भएको बताएका छन् । सडक दुर्घटनाबाट राज्यले हरेक वर्ष कुल ग्राहस्थ उत्पादनमा नोक्सान बेहोर्दै आए पनि त्यसतर्फ राज्यको ध्यान जान नसकेको उनले बताए। आइतबार रिपोर्टर्स क्लब अफ दाङले आयोजना गरेको बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा हाम्रो चासो विषयक … Continue reading सडक दुर्घटना बढ्नुमा राज्य जिम्मेवार छ:मन्त्री न्यौपाने

थप पढ्नुहोस् »

अधिकांश हवाई उडान अवरुद्ध

काठमाडौँ,२१पुस । तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन। पर्याप्त बिजी प्लेटी नभएका कारण तराईका अधिकांश विमानस्थलमा उडान हुन नसकेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडानरअवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन । तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ । भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत … Continue reading अधिकांश हवाई उडान अवरुद्ध

थप पढ्नुहोस् »

प्रेस युनियनको सम्मान कार्यक्रम: राज्यले संचारक्षेत्रलाई नियन्त्रण गर्न खोजेको गुनासो

दाङ,२० पुस।नेपाल प्रेस युनियन दाङ शाखाले बधाई तथा सम्मान कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघमा नवनिर्वाचित जिल्ला शाखाका पदाधिकारी, प्रदेश र केन्द्रका पदाधिकारी तथा सदस्यहरूलाई बधाई र सम्मान गरिएको कार्यक्रममा पत्रकारहरूले सञ्चार क्षेत्रमाथि राज्यले नियन्त्रण कायम गर्न खोजेको भन्दै गुनासो व्यक्त गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार … Continue reading प्रेस युनियनको सम्मान कार्यक्रम: राज्यले संचारक्षेत्रलाई नियन्त्रण गर्न खोजेको गुनासो

थप पढ्नुहोस् »

पब्लिक क्याम्पस संघ राप्ती बबईको सभापतिमा शर्मा

दाङ,१९ पुस। पब्लिक क्याम्पस संघ राप्ती बबई इकाइको नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार भएको अधिवेशनले क्याम्पसका प्राध्यापक सूर्य प्रसाद शर्मालाई संघको इकाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ। यसैगरी पब्लिक क्याम्पस प्राध्यापक संघ राप्ती बबई इकाइ उपसभापतिमा बासुदेव रिजाल, सचिवमा यशोदा पाण्डे, कोषाध्यक्षमा छविकुमार ओलीलाई सर्वसम्मत निर्वाचित गरिएको छ। यसैगरी सदस्यहरूमा चमन धिताल, सावित्रा लहरे, … Continue reading पब्लिक क्याम्पस संघ राप्ती बबईको सभापतिमा शर्मा

थप पढ्नुहोस् »

दाङका सञ्चारकर्मी महिलाहरुको भेला

दाङ,१९ पुस। दाङमा क्रियाशिल रहेका सञ्चारकर्मी महिलाहरुको भेला घोराहीमा सम्पन्न भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहको अध्यक्षतामा भएको भेलाले दांगमा सञ्चार क्षेत्रमा क्रियाशिल सबै महिलाहरुलाई संगठित गर्दै उनीहरुको पेशागत हक हितमा सहयोगी वातावरण सिर्जना गर्ने निर्णय गरेको छ । त्यस्तै भेलाले जिल्लामा छरिएर रहेका तथा सञ्चार क्षेत्रमा क्रियाशिल सबै महिलाहरुको … Continue reading दाङका सञ्चारकर्मी महिलाहरुको भेला

थप पढ्नुहोस् »

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु तीन घाइते

रोल्पा,१९ पुस। रोल्पामा यात्रुवाहक जीप दुर्घटना भएको छ। जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सुनिलस्मृती गाउँपालिका ३ रुईनिवाङ बजारबाट सुनछ्हरी गाउँपालिका(६ फगाम धुंसी तर्फ जाँदै गरेको लु १ ज ४८९८९ नम्बरको यात्रुवाहक जीप बिहीबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जीप दुर्घटना हुँदा सुनछहरी गाउँपालिका-६ फगाम … Continue reading जीप दुर्घटना हुँदा एकजनाको मृत्यु तीन घाइते

थप पढ्नुहोस् »

ज्ञानज्योतीमा एमबिए कक्षा सञ्चालन

दाङ,१९ पुस। दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजले एमबिए कक्षा सञ्चालनमा ल्याएको छ। व्यवस्थापन संकायलाई मध्यनजर गरेर कलेजले मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबिए) कक्षा सञ्चालनमा ल्याएको हो। ज्ञानज्योति एजुकेसन फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीले जिल्लामै पहिलोपटक एमबिए कार्यक्रम सञ्चालनमा ल्याएको दाबी गरे । दुई वर्षीय उक्त कार्यक्रममा ४ सेमेस्टर सञ्चालन हुने उनको भनाइ छ । विद्यार्थीको आवश्यकता … Continue reading ज्ञानज्योतीमा एमबिए कक्षा सञ्चालन

थप पढ्नुहोस् »

गोरखा माविको १४ औँ वार्षिकोत्सव

दाङ,१८ पुस। दाङको तुलसीपुरमा रहेको गोरखा माध्यामिक विद्यालयको १४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। गोरखा ग्रुपका संस्थापक मान बहादुर बुढाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा विद्यालयको १४ औँ वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक गुणस्तर सूधारका लागि विद्यालयले महत्वपूर्ण भूमिका रहेको बताएका थिए । विद्यालयले समाजमा टिक्न र … Continue reading गोरखा माविको १४ औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »

ट्रकको ठक्करबाट तुलसीपुरमा एकजना घाइते

दाङ, १८ पुस। दाङको तुलसीपुरमा ट्रकले ठक्कर दिदा एक पैदलयात्रु घाइते भएका छन् । बिहिवार बिहान तुलसीपुर स्थित बिपिचोकमा ठक्कर दिँदा पैदल यात्रु तुलसीपुर ५ निवासी ७० वर्षीय टेक बहादुर गिरी घाइते भएका हुन् । विरेन्द्र चोकबाट बसपार्क तर्फ जाँदै गरेको ट्रकले गिरीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गिरीको बबया हात, खुट्टा र मुखमा … Continue reading ट्रकको ठक्करबाट तुलसीपुरमा एकजना घाइते

थप पढ्नुहोस् »

भारतीय स्कर्पियो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा,१७ पुस। पाल्पामा भारतीय स्कर्पियो दुर्घटना भएको छ। बुधबार साँझ भएको दुर्घटनामा परी ६ जना घाइते भएका छन्। पोखराबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कर्पियो बगनासकाली गाउँपालिका ३ आर्यभन्ज्याङ नजिक सिद्धार्थ राजमार्गमा आज बेलुकी ७ बजे दुर्घटना भएको हो। घाइते अधिकांश भारतको बिहार प्रदेश मोतिहारीका रहेका घटनास्थल पुगेका जिल्ला … Continue reading भारतीय स्कर्पियो दुर्घटना हुँदा ६ जना घाइते

थप पढ्नुहोस् »