समाचार

भुकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु

काठमाडौँ, २३ पुस । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर … Continue reading भुकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु

थप पढ्नुहोस् »

भूकम्प अपडेट: चीनमा ९ जनाको मृत्यु

काठमाडौँ,२३ पुस। मङ्गलबार बिहान गएको भूकम्पका कारण चीनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै नेपाल-चीन सिमानामा मङ्गलबार बिहान गएको भूकम्पका कारण ९ जनाको मृत्यु भएको जनाएको छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली … Continue reading भूकम्प अपडेट: चीनमा ९ जनाको मृत्यु

थप पढ्नुहोस् »

बझाङमा सुत्केरी आमा र नवजात शिशुको मृत्यु

बझाङ२३ पुस। बझाङमा सुत्केरी आमा र नवजा शिशुको बाटोमै मृत्यु भएको छ। अस्पताल लैजाने क्रममा बाटोमै नवजात शिशुलाई जन्मदिएकी महिलाको उच्च रक्तश्रावका कारण बाटोमै मृत्यु भएको हो। केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात … Continue reading बझाङमा सुत्केरी आमा र नवजात शिशुको मृत्यु

थप पढ्नुहोस् »

तिब्बत केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं,२३ पुस। नेपाल चिनको सिमाना तिब्बतको टिङ्गे कान्टी केन्द्रबिन्दु बनाएर ७ माग्नेच्युटको भूकम्प गएको छ। आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेर ५० … Continue reading तिब्बत केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटना हुँदा दुइजना घाइते

दाङ,२२ पुस । दाङमा मोटरसाइकल दुर्घटना हुदा दुईजना घाइते भएका छन्। सोमबार दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु ८८ प ८३९८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको रा २ प ५८१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनामा परी रा २ प ५८१० नम्बरको मोटरसाइकल चालक रोल्पाको त्रीवेणी … Continue reading मोटरसाइकल दुर्घटना हुँदा दुइजना घाइते

थप पढ्नुहोस् »

दार्मामा भुकम्प प्रभावितका लागि जीविकोपार्जन कार्यक्रम

सल्यान,२२ पुस। सल्यानमा भुकम्प प्रभावितहरुका लागि जीविकोपार्जन कार्यक्रम सन्चालन भएको छ। नेपाल रेडक्रस सोसाइटीले दार्मा गाउँपालिकाका भुकम्प प्रभावितहरुको जीविकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले शसर्त अनुदान कार्यक्रम सञ्चालन गरेको हो । जीविकोपार्जन कार्यक्रम अन्तर्गत गाउँपालिकाका ६ वटा वडाका १९३ घरपरिवारलाई प्रतिव्यक्ति ५० हजार रुपियाँका दरले नगद अनुदान प्रदान गरिएको रेडक्रस सोसाइटी सल्यानका कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए। … Continue reading दार्मामा भुकम्प प्रभावितका लागि जीविकोपार्जन कार्यक्रम

थप पढ्नुहोस् »

सबै सरकारी अस्पतालमा नि:शुल्क रगत

धनगढी,२२ पुस । सुदूरपश्चिम प्रदेश सरकारले नि:शुल्क रगत उपलब्ध गराउने निर्णय लागू गरेको छ। प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने गरि निर्णय लागू गरेको हो । आइतबारदेखि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सबै सरकारी अस्पतालमा निःशुल्क रगत सेवाको सुरुवात गरेका हुन् । मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले सेती प्रादेशिक अस्पतालमा उपचारत … Continue reading सबै सरकारी अस्पतालमा नि:शुल्क रगत

थप पढ्नुहोस् »

तुलसीपुरका पूर्व मेयर लामिछानेलाई पत्नी शोक

दाङ,२२ पुस। तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर झुण्डीराज लामिछानेलाई पत्नी शोक परेको छ। पूर्व मेयर लामिछानेकी धर्मपत्नी तारा लामिछानेको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामिछाने कि धर्मपत्नी ताराको आइतबार राति काठमाडौँ स्थित मेडिसिरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। तारा लामिछानेको निधन मुटु रोगका कारण भएको बताइएको छ। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि … Continue reading तुलसीपुरका पूर्व मेयर लामिछानेलाई पत्नी शोक

थप पढ्नुहोस् »

हेलिकप्टरमार्फत सुत्केरी र गर्भवती महिलाको उद्वार

रुकुमपश्चिम,२१ पुस। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट २ जना महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ। एकजना सुत्केरी र एकजना गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो। आठबिसकोट–२ पहाडाकी २४ वर्षीया धनमाया बुढा र वडा नं ३ खदीकी दीपा बोहरालाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको आठबिसकोट नगरपालिकाका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार दीपाले … Continue reading हेलिकप्टरमार्फत सुत्केरी र गर्भवती महिलाको उद्वार

थप पढ्नुहोस् »

मेधावी छात्रा २०८१ को नतिजा सार्वजनिक

दाङ, २१ पुस । मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको हो । प्याब्सन दाङको आयोजना, एपेक्स कम्प्युटर्सको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरसिपमा सञ्चालित मेधावी छात्राको उत्कृष्ट १० को नतिजा आइतबार … Continue reading मेधावी छात्रा २०८१ को नतिजा सार्वजनिक

थप पढ्नुहोस् »