समाचार

रोकिएन बाघको आतंक

हेटौंडा,२७ पुस । मकवानपुरको हेटौंडामा बाघको आतंक मच्चिएको छ। हेटौंडा-१३ आलदमारमा खोरमा बाधेकै अवस्थामा बाघले बाख्रो मारेपछी स्थानीय त्रसित बनेका छन् । केहीसाताअघि पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघले गएराति स्थानीय पूर्णसिंह लोप्चनको गोठमा बाँधिएको एउटा बाख्रा मारेको हो । बाघले बाख्रालाई आक्रमण गरी आधा खाएको छ । बाघले गोठबाट बाख्रालाई तानेको र आधा खाएपछि … Continue reading रोकिएन बाघको आतंक

थप पढ्नुहोस् »

तुलसीपुरमा ‘रैथाने खाना’ महोत्सव गरिदै

दाङ, २६ पुस । रैथाने खानाको स्वाद चखाउन तुलसीपुरमा महोत्सव गरिने भएको छ । स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षणका लागि रैथाने खाना महोत्सवको आयोजना गरिने भएको हो । तुलसीपुर उपमहानगरपालिकाको पर्यटन शाखाको सहयोग र समन्वयमा तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खाना महोत्सव तथा माघी मिलन कार्यक्रम गर्न लागेको हो । आउँदो आइतबार (पुस … Continue reading तुलसीपुरमा ‘रैथाने खाना’ महोत्सव गरिदै

थप पढ्नुहोस् »

तुलसीपुर-६ को सार्वजनिक सुनुवाइ सम्पन्न

दाङ, पुस २६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा शुक्रबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। चौमासिक अवधिमा भएका कामको समीक्षा तथा नागरिकका गुनासो र सुझाव सङ्कलन गर्न सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो। कार्यक्रममा सहभागी स्थानीयले विकास निर्माणका काममा देखिएका समस्याबारे गुनासा राख्दै वडा सरकारलाई नागरिकमैत्री र गुनासोरहित सेवा प्रदान गर्न आग्रह गरे। स्थानीय रामबहादुर … Continue reading तुलसीपुर-६ को सार्वजनिक सुनुवाइ सम्पन्न

थप पढ्नुहोस् »

दुम्कीबास पुल भासिदा आवागमन अवरुद्ध

दाङ, २६ पुस। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीबासमा पुल भासिएको छ । पुल भासिँदा आवागमन अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुलमा भारतीय मालबहाक ट्रक रहेको र उक्त ट्रक अत्यधिक भारसहित रहेको हुँदा भासिएको हुनसक्ने अनुमान गरिएको … Continue reading दुम्कीबास पुल भासिदा आवागमन अवरुद्ध

थप पढ्नुहोस् »

पिकअप दुर्घटनाः एकजनाको मृत्यु, तीनजना घाइते

रोल्पा,२६ पुस। रोल्पा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । सुन्तला बोकेर रोल्पाबाट दाङतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित चार जना गम्भीर घाइते भएका थिए । ती मध्ये एकजनाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गाडी चालक माडी गाँउपालिका वडा नं. १ भित्तावाङका २० वर्षीय … Continue reading पिकअप दुर्घटनाः एकजनाको मृत्यु, तीनजना घाइते

थप पढ्नुहोस् »

दाङ जाँदै गरेको पिकअप दुर्घटनाः चारजना घाइते

रोल्पा,२६ पुस। रोल्पामा पिकअप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । सुन्तला बोकेर रोल्पाबाट दाङतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित चार जना गम्भीर घाइते भएका हुन् । उनीहरू सबैलाई गाडीले च्यापेको अवस्थामा उद्धार गरी उपचारका लागि दाङ पठाएको प्रहरीले बताएको छ। शुक्रबार बेलुका पौने ५ बजेतिर त्रिवेणी गाउँपालिका–४ सिमपानीमा लु १ च ८६८७ नम्बरको … Continue reading दाङ जाँदै गरेको पिकअप दुर्घटनाः चारजना घाइते

थप पढ्नुहोस् »

रोल्पामा पिकअप दुर्घटना

रोल्पा, २६ पुस । रोल्पामा पिकअप गाडी दुर्घटनामा परेको छ । सुन्तला बोकेको गाडी दुर्घटनामा परेको हो । निगालपानी-जुगार सडकखण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका-४ मथुरापानीमा पिकअप गाडी दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

थप पढ्नुहोस् »

भिरबाट लडेर दुईजना घाइते

हेटौँडा,२६ पुस।भिरबाट लडेर मकवानपुरमा दुईजना घाइते भएका छन् ।जिल्लाको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर दुई जना घाइते भएका हुन् । भीमफेदी गाउँपालिका ९ स्थित साल बिसाउनेका सुनिल गोले र प्रशान्त गोले भिरबाट लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । १३ वर्षीय सुनिल घरदेखि छ–सात कि.मि. पश्चिमतर्फरहेको देउराली सामुदायिक वनको एकपाखे भिरमा बिहीबार … Continue reading भिरबाट लडेर दुईजना घाइते

थप पढ्नुहोस् »

बसपार्क घटना : २ लाख अतिरिक्त क्षतिपूर्ति र मृतककी छोरीलाई कक्षा १२ सम्मको शिक्षाको जिम्मा

दाङ,२५ पुस । तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीया तिर्सना घर्ती मगरको बसको ठक्करबाट मृत्यु भएपछि उत्पन्न तनाव अन्ततः दोस्रो पटकको वार्तापछि सहमति भएको छ। त्रिशिद्धेश्वरी यातायात प्रालिले मृतकका परिवारलाई दुई लाख रुपैयाँ अतिरिक्त क्षतिपूर्ति उपलब्ध गराउने र मृतककी छोरीलाई कक्षा १२ सम्मको शिक्षा दिने जिम्मा लिने सहमति भएको छ। बुधबार दिउँसो १:४५ बजे तुलसीपुर बजारबाट … Continue reading बसपार्क घटना : २ लाख अतिरिक्त क्षतिपूर्ति र मृतककी छोरीलाई कक्षा १२ सम्मको शिक्षाको जिम्मा

थप पढ्नुहोस् »

मुस्लिम समुदायको सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिवद्ध: मुख्यमन्त्री आचार्य

दाङ,२५ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। मुस्लिम आयोगद्वारा बिहीबार दाङको लमहीमा आयोजित मुस्लिम समुदायको सशक्तिकरण तथा क्षमता विकाससम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले समुदायको सशक्तिकरण र जागरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “मुस्लिम समुदायका बालबालिका अझै शिक्षाबाट टाढा … Continue reading मुस्लिम समुदायको सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिवद्ध: मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »