समाचार

बुटवलबाट छुटेको बस धादिङमा दुर्घटना: आठ जना घाइते

धादिङ,२९ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा बसमा सवार ८ जना घाइते भएका छन्। अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोकिँदा उक्त बस दुर्घटनामा परेको हो। बुटवलबाट काठमाडौँ जादै गरेको लु२ख ६६७६ नंको बस धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब … Continue reading बुटवलबाट छुटेको बस धादिङमा दुर्घटना: आठ जना घाइते

थप पढ्नुहोस् »

पत्रकार महासंघ लुम्बिनीमा चौलागाई नेतृत्वको प्यानल बिजयी

दाङ,२९ मंसिर। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा नेपाल प्रेस युनियनका शुक्रऋषि चौलागाई निर्वाचित भएका छन्। मंसिर २८ गते भएको महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीको साझा प्यानलबाट चौलागाईं अध्यक्ष पदको उम्मेदवार रहेका थिए। उनका प्रतिद्वन्दी रुद्र सुवेदीलाई २०८ मतान्तरले पछि पार्दै चौलागाई अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा चौलागाई नेतृत्व रहेको नेपाल प्रेस … Continue reading पत्रकार महासंघ लुम्बिनीमा चौलागाई नेतृत्वको प्यानल बिजयी

थप पढ्नुहोस् »

तुलसीपुर नगर जेसिजद्वारा निर्मित सार्वजनिक धाराको उद्घाटन

दाङ,२९ मंसिर । तुलसीपुर नगर जेसीजद्वारा निर्मित सार्वजनिक धाराको उद्घाटन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरा स्थित श्री लक्ष्मीनारायण मन्दिर परिसर बाहिर निर्माण गरिएको धाराको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। तुलसीपुर नगर जेसीजका अध्यक्ष पुर्ण बहादुर डांगीको अध्यक्षता तथा गोरखा ग्रुप दाङका अध्यक्ष विष्णु घर्ती मगरको प्रमुख आतिथ्यतामा उक्त धाराको उद्घाटन गरिएको … Continue reading तुलसीपुर नगर जेसिजद्वारा निर्मित सार्वजनिक धाराको उद्घाटन

थप पढ्नुहोस् »

मानव बेचबिखन विरुद्ध शान्ति पुनर्स्थापना गृहको वार्षिक समिक्षा

दाङ, २९ मंसिर। शान्ति पुनर्स्थापना गृह कोईलाबासको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम गढवामा सम्पन्न भएको छ। शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्दार संयोजक भूमीराज भट्टराईको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। शान्ति पुनर्स्थापना गृहको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै गढवा गाउँपालिका … Continue reading मानव बेचबिखन विरुद्ध शान्ति पुनर्स्थापना गृहको वार्षिक समिक्षा

थप पढ्नुहोस् »

सुशासन र पारदर्शिता आजको आवश्यकता हो:मुख्यमन्त्री आचार्य

अर्घाखाँची, २९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार अन्त्यकालागि सुशासन र जवाफदेहिता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । व्यवसायीक पत्रकारीता … Continue reading सुशासन र पारदर्शिता आजको आवश्यकता हो:मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

हिउँमा बसेर पढ्दै विद्यार्थी

सिमकोट, २७ मंसिर।हुम्लाको सिमकोट गाउँपालिका(७ स्थित डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयका विद्यार्थीहरू हिउँमै बसेर अध्ययन गरिरहेका छन्। हिउँले जाडो थपेकाले विद्यार्थीहरू कक्षाकोठा बाहिर घाम ताप्दै हिउँ जमेको चौरमा पठनपाठन गरिरहेका छन्। विद्यालयका शिक्षक यज्ञबहादुर शाहीका अनुसार, हिमपात भएपछि कक्षाकोठामा अत्यधिक जाडो भएको कारण, विद्यालयले बाहिर हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ। “मंसिर महिनाको अन्तिममा जाडो … Continue reading हिउँमा बसेर पढ्दै विद्यार्थी

थप पढ्नुहोस् »

हिमालमा “मुन” अभ्यास: विद्यार्थीमा कुटनिती र नेतृत्व विकास

दाङ,२७ मंसिर। दाङको तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा तीन दिनसम्म संयुक्त राष्ट्रसंघको नमुना अभ्यास सञ्चालन भयो। जहाँ संयुक्त राष्ट्र संघसँग आबद्ध विश्वका थुप्रै देशहरूको प्रतिनिधित्व रह्यो। विद्यार्थीहरूले फरक फरक मुलुकको प्रतिनिधित्व गरी कुटनीतिकको भूमिकामा उपस्थिति जनाए। तीन दिनसम्म सञ्चालन भएको उक्त संयुक्त संघको नमुना संसद अभ्यासमा उनीहरूले मुलुकको राजनैतिक आर्थिक सामाजिक र सांस्कृतिक विषयलाई उठान मात्र … Continue reading हिमालमा “मुन” अभ्यास: विद्यार्थीमा कुटनिती र नेतृत्व विकास

थप पढ्नुहोस् »

जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जाजरकोट,२७ मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजेको समयमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ३ वीरखोला कैना–कड्के सडक खण्डमा जिप दुर्घटनामा परेको हो। ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले … Continue reading जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

थप पढ्नुहोस् »

पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयन :जिल्ला अध्यक्षमा सुवेदी

दाङ ,२६ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ। नेपाल प्रेस युनियन ,प्रेस चौतारी र प्रेस सेन्टर लगायतका सञ्चार संस्थाहरूको सर्वसहमतिमा नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा ओपेन्द्र बस्नेत, उपाध्यक्ष (महिला) मा नारायणी रजौरे चयन गरिएको … Continue reading पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयन :जिल्ला अध्यक्षमा सुवेदी

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटना: घाइते सन्दिपको पनि मृत्यु

दाङ,२६ मंसिर । मोटरसाइकल दुर्घटनामा परे घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर–४ घोरनेटीका १८ वर्षीय सन्दिप वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । गत आइतबार तुलसीपुर–४ खाद्रे बनहरीबाट तुलसीपुरतर्फ आउदै गरेको लु।प्र।०२–००१ प १७१७ नम्बरको मोटरसाइकल तुलसीपुर–४ ठुला खाली नजिकै … Continue reading मोटरसाइकल दुर्घटना: घाइते सन्दिपको पनि मृत्यु

थप पढ्नुहोस् »