समाचार

संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता

काठमाडौं,२१ मंसिर ।संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वमा मलेसिया गएको १३ संसदीय प्रतिनिधि मण्डल आज अपराह्न स्वदेश फिर्ता भएको छ । मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमण सम्पन्न गरेर संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्केको हो । भ्रमणका क्रममा … Continue reading संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता

थप पढ्नुहोस् »

ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप आजबाट सुरु

दाङ,२० मंसिर । दाङको बेलझुण्डी रङ्गशालामा बिहिबारबाट लिटिल स्टार च्याम्पियनसिप सिजन -२ सुरु भएको छ। ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयहरूको सहभागितामा उक्त च्याम्पियनसिप सुरु भएको हो। बिहिबार ज्ञान ज्योति फाउन्डेसनका अध्यक्ष टिका बहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम उद्घाटन … Continue reading ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप आजबाट सुरु

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा परी तुलसीपुरमा एक घाइते

मंसिर , २० मंसिर । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिहिबार बेलुका तुलसीपुरस्थित गुम्राह चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी १८ वर्षीय एक युवक घाइते भएका हुन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ बस्ने १८ वर्षीय माधव डागी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रकाश थापाले … Continue reading मोटरसाइकल दुर्घटनामा परी तुलसीपुरमा एक घाइते

थप पढ्नुहोस् »

तुलसीपुर–घोराही मुख्य सडकमा अटो चलाउन नपाइने

दाङ,२० मंसिर । अबदेखि तुलसीपुर–घोराही मुख्य सडकमा अटो चलाउन नपाइने भएको छ । सडक दुर्घटनाको जोखिम बढ्दै गएपछि राजमार्गमा अटो चलाउन रोक लगाइएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीले आज (मंसिर २० ) गतेदेखि राजमार्गमा अटो  चलाउन रोक लगाएको छ । तत्कालको लागि तुलसीपुरबाट पर्सेनीसम्मका अटोलाई चल्नमा खासै समस्या नहुने ट्राफिक प्रहरी … Continue reading तुलसीपुर–घोराही मुख्य सडकमा अटो चलाउन नपाइने

थप पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाई गठन

काठमाडौँ,२० मंसिर । स्वास्थ्य तथा जनसँख्या मन्त्रायलले गुनासो सुनुवाई एकाइ गठन गरेको छ । डा. अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई एकाइ गठन गरेको छ । उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रुपमा रहेका छन् । स्वास्थ्य मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही तथा सरोकारवालाको … Continue reading स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाई गठन

थप पढ्नुहोस् »

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य

दाङ, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रिय पोषण बिषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई दाङको भालुबाङमा बिहिवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै बिशेष कार्यक्रम लागु गरिएको … Continue reading नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

कोरियाका सेना प्रमुखले दिए राजिनामा

काठमाडौ,२०मंसिर । दक्षिण कोरियाका सेना प्रमुखले राजिनामा दिएका छन् । समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियाका सेना प्रमुख पार्क आन सुले राजीनामा दिएको जनाएको छ । तर, उनको राजिनामा स्विकृत भए नभएको केही खुलाइएको छैन् । पार्क मार्शल ल कमाण्डर थिए, तर उनले मंगलबार राति राष्ट्रपति युनको घोषणासँग धेरै कम समयमा संसद सेनालाइ पठाएका थिए … Continue reading कोरियाका सेना प्रमुखले दिए राजिनामा

थप पढ्नुहोस् »

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग

काठमाडौं ,१९ मंसिर ।दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ। युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए। विपक्षीले बुधबार राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन्। चार दशकभन्दा बढी समयपछि पहिलोपटक नागरिक शासन निलम्बन … Continue reading दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग

थप पढ्नुहोस् »

सबै वडाले आफ्नै भवनबाट सेवा दिदै

दाङ,१९ मंसिर । तुलसीपुर उपमहानगरपालिका भाडामुक्त पालिकारुपमा बन्न थालेको छ । उपमहानगरपालिकाका १८ वटै वडा कार्यालयहरुले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । भाडामा रहेको तुृलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ लेसमेत अब भने आफ्नै भवनबाट सेवा सुरु गर्र्न थालेको छ ।तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाको सेवा आफ्नै भवनबाट सुरु गर्नका लागि संरचना निर्माण कार्यलाई प्राथमिकता … Continue reading सबै वडाले आफ्नै भवनबाट सेवा दिदै

थप पढ्नुहोस् »

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

चितवन,१९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारीको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको हो। राजनीतिक प्रतिशोधविरुद्ध खबरदारी भन्दै भेला भएर चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीबाट … Continue reading चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

थप पढ्नुहोस् »