समाचार

दुर्घटना अपडेट घाइते हुनेको सङ्ख्या २२

दाङ ,१४ मंसिर । बिजोरी स्थित डाँडागाउँमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २२ पुगेको छ। शुक्रबार बिहान घुराएबाट तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो। तीव्र गति र ओगटेका कारण बस अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रहरीका अनुसार घाइते हुनेहरूमातुलसीपुर– १८ निवासी १८ वर्षका चल मान बुढामगर, ३२ … Continue reading दुर्घटना अपडेट घाइते हुनेको सङ्ख्या २२

थप पढ्नुहोस् »

बिजौरी स्थित डाँडागाउँमा बस दुर्घटना ,१८ जना घाइते

दाङ,१४ मंसिर । दाङको बिजौरीस्थित डाँडागाउँमा बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घोराही तुलसीपुर सडक अन्तर्गत पर्ने बिजौरी डाँडागाउँमा घोराहीबाट तुलसीपुर तर्फ जादै गरेको रा.१ख १३८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ । घटनाको थप विवरण आउन … Continue reading बिजौरी स्थित डाँडागाउँमा बस दुर्घटना ,१८ जना घाइते

थप पढ्नुहोस् »

तुलसीपुरमा रुखबाट लडेर एक व्यक्तिको मृत्यु

दाङ ,१४ मङ्सिर। दाङको तुलसीपुरमा रुखबाट लडेर गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित तमाखेमा रुखबाट लडेर गम्भीर घाइते भएका ५६ वर्षीय जेमबहादुर सुनारको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको हो। घर नजिकै रहेको लिपलिपेको रुखको घाँस झार्ने क्रममा रुखको हाँगा भाचिएर गम्भीर घाइते भएका थिए … Continue reading तुलसीपुरमा रुखबाट लडेर एक व्यक्तिको मृत्यु

थप पढ्नुहोस् »

महिला सहकारी संस्थाहरूसंग छलफल

दाङ,१४ मंसिर ।दाङको तुलसीपुरमा महिला सहकारी संस्थाहरूसँग छलफल गरिएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बिहिबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका ११ वटा महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं सदस्यहरूसँग छलफल गरिएको हो। तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको विशेष उपस्थितिमा सहकारी संस्थाहरूको अवस्था समस्या र सहकारी संस्थाहरूले हिंसा निवारणको क्षेत्रमा गर्दै आएका काम … Continue reading महिला सहकारी संस्थाहरूसंग छलफल

थप पढ्नुहोस् »

प्रतिष्ठानमा सिटी स्क्यान र एमआरई सेवा छिटो छरितो बन्दै

दाङ १३ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको सिटी स्क्यान र एमआरआई सेवालाई छिटो छरीतो बनाएको छ । सिटी स्क्यान र एमआरआईको रिपोर्टिङ ढिला हुँदा विरामीले भोग्नुपरेको सास्तीलाई मध्येनजर गर्दै प्रतिष्ठानले उक्त सेवालाई चुस्त दुरुस्तसहित छिटो छरीतो गर्ने गरी ब्यवस्था मिलाएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए । प्रतिष्ठानबाटट दैनिक सिटी स्क्यान … Continue reading प्रतिष्ठानमा सिटी स्क्यान र एमआरई सेवा छिटो छरितो बन्दै

थप पढ्नुहोस् »

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं,१२मंसिर । लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलामा २ हजार ६ सय रूपैयाँ र सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको … Continue reading बढ्यो सुनचाँदीको भाउ

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

दाङ, ११ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु गरेको हो ।मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थीत बनाउन आयोजना बैंक … Continue reading लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

थप पढ्नुहोस् »

पिकअप दुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु

बागलुङ,२६ कार्तिक । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जादै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग २ च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको पहिचान … Continue reading पिकअप दुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु

थप पढ्नुहोस् »

बोलेर दुर्घटना हुँदा १० जनाको मृत्यु १० घाइते

सुर्खेत, २५ कार्तिक । कालिकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। कालिकोटको पलाता गाउँपालिका(३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो। । गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अधिकारीले जानकारी दिए । … Continue reading बोलेर दुर्घटना हुँदा १० जनाको मृत्यु १० घाइते

थप पढ्नुहोस् »

घट्दै डेङ्गुको सङ्क्रमण दर

काठमाडौँ २५ कार्तिक पछिल्लो समय नेपालमा डेङ्गुको संक्रमण दर घट्दै गएको छ। तापक्रम कम हुँदै गएसँगै डेङ्गुको संक्रमण दर पनि कम हुँदै गएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए। डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट … Continue reading घट्दै डेङ्गुको सङ्क्रमण दर

थप पढ्नुहोस् »