समाचार

कुलोले बगाउँदा एक वृद्धको मृत्यु

गुल्मी,२१ असार । कुलोले बगाउँदा गुल्मीमा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका–१ बगाहामा कुलोले बगाउँदा एक वृद्धको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही वडाको सिरानटोलका ६८ वर्षीय वीरबहादुर सुनार रहेका छन्। आइतबार दिउँसो करिब साढे १२ बजे बाटोमा हिँडिरहेका बेला उनी अचानक कुलोमा लडेका थिए। बडिगाड लघुविद्युत् समुदायको ड्यामबाट बग्ने कुलोमा खसेपछि उनी … Continue reading कुलोले बगाउँदा एक वृद्धको मृत्यु

थप पढ्नुहोस् »

मुख्यमन्त्री आचार्यको प्रतिवद्दतापछी पुनः बस्यो प्रदेश सभा बैठक

दाङ,२१ असार। लुम्बिनी प्रदेश सभा बैठक फेरि बसेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले बजेटलाई हेरफेर गर्ने प्रतिवद्दता गरेपछि बैठक अगाडि बढेको हो। आजको बैठक सुरु भएपछि प्रतिपक्ष दलहरू असन्तुष्टि जनाउँदै बाहिरिएका थिए। त्यसपछि बैठक आधा घण्टा रोकिएको थियो। पछि मुख्यमन्त्री आचार्यले उठेका कुरामा सरकारको धारणा राखेपछि बैठक सुरु भएको हो। उनले बजेटमा छुटेका योजना मिलाउने, आवश्यक … Continue reading मुख्यमन्त्री आचार्यको प्रतिवद्दतापछी पुनः बस्यो प्रदेश सभा बैठक

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

दाङ,२१ असार ।लुम्बिनी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि स्थगित भएको छ। आइतबार दिउँसो बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाए। उनले बजेट विभेदपूर्ण रहेको, विपक्षी दलका सुझाव बेवास्ता गरिएको … Continue reading लुम्बिनी प्रदेश सभा बैठक स्थगित

थप पढ्नुहोस् »

खोलामा डुबेर ५ वर्षीय बालकको मृत्यु

दाङ,२१ असार । दाङमा ५ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ। जिल्लाको बबई गाउँपालिका–७ मलई लामितरामा खोलामा डुबेर बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय लिलबहादुर बुढाथोकीका ५ वर्षीय छोरा डेभान्स बुढाथोकी रहेको प्रहरीले जनाएको छ। शनिबार साँझ करिब ६ः३० बजेतिर साथीहरूसँग खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले … Continue reading खोलामा डुबेर ५ वर्षीय बालकको मृत्यु

थप पढ्नुहोस् »

हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन,२१ असार । जंगली हात्तीको आक्रमणबाट चितवनमा आमाछोराको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको उक्त हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-२३ बेलहट्टाका आमा र छोराको मृत्यु भएको हो। शनिबार राति आफ्नै घरमा बसिरहेका बेला हात्तीले आक्रमण गर्दा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको वडा नं. २३ का अध्यक्ष … Continue reading हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

थप पढ्नुहोस् »

नेपाल-भारतको दोहोरो पहिचान कागजात प्रकरणमा २७ जनाविरुद्ध मुद्दा दर्ता

दाङ,२१ असार । भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा भारत र नेपाल दुवै देशका नागरिकता तथा परिचयसम्बन्धी कागजात राखेको आरोपमा २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सीमावर्ती जरवा थाना क्षेत्रका ती व्यक्तिहरूले भारतीय सरकारी योजनाको समेत लाभ लिएको आरोप रहेको प्रहरीले जनाएको छ। बलरामपुरका प्रहरी प्रमुख (एसपी) विकास कुमारका अनुसार जिल्ला अधिकारी (डीएम) को उजुरीपछि घटनाबारे … Continue reading नेपाल-भारतको दोहोरो पहिचान कागजात प्रकरणमा २७ जनाविरुद्ध मुद्दा दर्ता

थप पढ्नुहोस् »

सुर्खेत, दैलेख र अछाममा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

दाङ,२१ असार । सुर्खेत, दैलेख र अछाममा निरन्तर वर्षा भइरहेकाले ती जिल्लामा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रसहित आसपासका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। गए राति पनि सुर्खेत, दैलेख र अछामसहित देशका अधिकांश स्थानमा वर्षा भएको थियो। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहित बाढी … Continue reading सुर्खेत, दैलेख र अछाममा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

थप पढ्नुहोस् »

दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

दाङ,२० जेठ । चट्याङ लागेर दाङमा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ निवासी २६ वर्षीया दिपा थापा रहेकी छन्। घोराही-९ मछाहीमा धान रोपाइँ भइरहेको समयमा आज बेलुका करिब पौने ६ बजेतिर एक्कासी चट्याङ पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ। सोही … Continue reading दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

थप पढ्नुहोस् »

प्यूठानमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ

प्युठान,२० असार । प्यूठानमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ परेका छन् ।जिल्लाको स्वर्गद्वारी नगरपालिका-४ बाँझिपुरस्थित एक होटलबाट जुवातास खेल्दै गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १ लाख ८५ हजार ११२ रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक गणेश ज्ञवालीको कमाण्डमा खटिएको टोलीले छापा मार्दा … Continue reading प्यूठानमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ

थप पढ्नुहोस् »

चट्याङ लागेर चार जना घाइते

धनगढी, २० असार। अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन्। जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका-८ गनिउलेमा शुक्रबार साँझ चट्याङ पर्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार घाइते जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनका … Continue reading चट्याङ लागेर चार जना घाइते

थप पढ्नुहोस् »