समाचार

विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

काठमाडौँ,१८ असार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ । वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रुचि अनुसार पेशाबारे सूचना र सहायता लिन सक्ने शिक्षा मन्त्री … Continue reading विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

थप पढ्नुहोस् »

दाङसहित ४३ जिल्लामा बाढीको जोखिम

दाङ,१८ असार । आज (मंगलबार) देशका ४३ जिल्ला र त्यस आसपास बाढीको जोखिम देखिएको छ । जोखिम देखिएको र प्रभावित क्षेत्रका  बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुझाएको छ ।   महाशाखाले  जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार  इलाम, झापा, मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, … Continue reading दाङसहित ४३ जिल्लामा बाढीको जोखिम

थप पढ्नुहोस् »

सुनको मुर्ति भन्दै ठगी गर्ने दाङका एकजनासहित ५ जना पक्राउ

काठमाण्डौ, १७ असार ।  सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी घर भई ललितपुर बस्ने क्षेत्रबहादुर शाही, धादिङ घर भई काठमाण्डौ बस्ने दीपक थापा, दाङ घर भई काठमाण्डौ बस्ने वसन्त चौधरी र काठमाण्डौका रविन महर्जन जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ … Continue reading सुनको मुर्ति भन्दै ठगी गर्ने दाङका एकजनासहित ५ जना पक्राउ

थप पढ्नुहोस् »

जसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने

काठमाडौ,१८ असार । जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताए । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’ माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो । … Continue reading जसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने

थप पढ्नुहोस् »

कांग्रेस-एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी: डा. महत

काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस र एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् । बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी बैठकबारे जानकारी दिदै उनले यस्तो बताएका हुन् ।  “सरकार निर्माणको कुरामा संलग्न हुन्छौँ । सत्तामा जान मात्र समझदारी गर्दैनौँ । उनले भने-“महत्त्वपूर्ण मुद्दालाई, आम जनताको चासो … Continue reading कांग्रेस-एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी: डा. महत

थप पढ्नुहोस् »

रोल्पा दुर्घटना : सात जनाको मृत्यु, सात घाइते (अपडेट)

रोल्पा, १८ असार । रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका वडा नं ४ स्थित परेवा छहरामा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार अन्य सात जना घाइते भएका छन् । मृतकको सनाखत भइसकेको … Continue reading रोल्पा दुर्घटना : सात जनाको मृत्यु, सात घाइते (अपडेट)

थप पढ्नुहोस् »

राजनीति नयाँ कोर्षमा : एमाले -काँग्रेस समिकरणमा सरकार

काठमाडौं , १८ असार ।प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्वपूर्ण … Continue reading राजनीति नयाँ कोर्षमा : एमाले -काँग्रेस समिकरणमा सरकार

थप पढ्नुहोस् »

रोल्पामा जिप दुर्घटना:६ जनाको मृत्यु

असार १७, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप दुर्घटना हुँदा १ बच्चा सहित ६ यात्रुको मृत्यु भएको छ ।सोमबार दिउँसो ४ बजे माडी गाउँपालिका-३ परेवा छहरा नजिकै सडकबाट करिव ४ सय मिटर तल जिप खसेर दुर्घटना भएको हो। … Continue reading रोल्पामा जिप दुर्घटना:६ जनाको मृत्यु

थप पढ्नुहोस् »

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

सल्यान,१७ असार । सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् । जिल्लाको त्रिवेणी ६, लुहाममा रहेको सल्यान पब्लिक बोर्डिङ स्कुलका शिक्षक चन्द्रबहादुर डाँगीले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अरुण विकलाई कुटपिट गरी घाइते बनाएका हुन् । आइतबार दिउँसो कक्षामा साथीहरूसँग खेलिरहेका बेला शिक्षक डाँगीले फलामको स्केल प्रयोग गरी रगताम्य हुने गरी कुटपिट गर्दा घाइते … Continue reading शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

थप पढ्नुहोस् »

बीआरआई परियोजना अनुदान स्वीकार छैन:कांग्रेस

काठमाडौं,१७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनिया सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने बताएको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा बीआरआई कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो । परियोजनाबारे आफूहरु नकारात्मक नभएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए … Continue reading बीआरआई परियोजना अनुदान स्वीकार छैन:कांग्रेस

थप पढ्नुहोस् »