समाचार

२३ वर्षपछि सुल्झिदै नेसंविको जग्गा विवाद: पूर्वन्यायाधिश पौडेलको नेतृत्वमा जग्गा छानबिन समिति गठन

दाङ, २१ असार । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद सुल्झिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयको जग्गा विवादबारे छानबिन गर्न समिति गठन गरेसँगै २३ वर्ष पुराना जग्गा विवाद सुल्झाउने बाटो खुलेको हो । दाङमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउन भन्दै पूर्व न्यायाधिश शेखर पौडेलको संयोजकत्वमा पाँच … Continue reading २३ वर्षपछि सुल्झिदै नेसंविको जग्गा विवाद: पूर्वन्यायाधिश पौडेलको नेतृत्वमा जग्गा छानबिन समिति गठन

थप पढ्नुहोस् »

सरकारले तोक्यो धानको समर्थन मुल्य

काठमाण्डौ,२१ असार । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ ।मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ । यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले … Continue reading सरकारले तोक्यो धानको समर्थन मुल्य

थप पढ्नुहोस् »

७३ जिल्लामा फैलियो डेंगी

दाङ,२१ असार । डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ। वर्षायाम सुरु भएसंगै दैनिक रुपमा पानी पर्न थालेपछि डेंगीको संक्रमण दरपनी बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ ।  उनले मुस्ताङ, … Continue reading ७३ जिल्लामा फैलियो डेंगी

थप पढ्नुहोस् »

वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढीको क्षति बिमा

बांके,२० असार । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले बर्दिया जिल्लाका वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढी स्थानीय नागरिकको क्षति बिमा गरेको छ । मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयसँगको समन्वयमा बर्दियाका ११ वटा सामुदायिक वन उपभोक्ता समूह मध्येबाट वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७सय ५६ जना स्थानीय नागरिकको क्षति बिमा गरिदिएको हो … Continue reading वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढीको क्षति बिमा

थप पढ्नुहोस् »

रारा तालमा डुबेर एकजनाको मृत्यु

मुगु,२० असार ।छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा डुबेर मृत भेटिएको भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । उनका अनुसार गाउँले साथीसंग तालमा पौडी खेल्ने क्रममा डुबेर रावलको डुबेर मृत्यु भएको हो । निकुञ्ज संरक्षण अधिकृत घिमिरेका अनुसार तालमा एक … Continue reading रारा तालमा डुबेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

दृष्टिविहीन बालिका बलात्कृत

कालीकोट, २० असार २० । कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर–८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले बताएका छन् ।  आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख … Continue reading दृष्टिविहीन बालिका बलात्कृत

थप पढ्नुहोस् »

गैरआवसीय राजदूत नियुक्त

काठमाडौँ, २० असार ।  राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरिएको हो।

थप पढ्नुहोस् »

सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरिँदै

धनगढी,२० असार। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको हो। सरकारबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश संसदीय दलले नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । प्रदेश संसदीय … Continue reading सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरिँदै

थप पढ्नुहोस् »

सहकारी रकम दुरुपयोग सम्बन्धि छलफलमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइयो

काठमाडौँ,२० असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ । समितिको बिहीबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् । आजको बैठकमा समितिले महालेखापरिक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक … Continue reading सहकारी रकम दुरुपयोग सम्बन्धि छलफलमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइयो

थप पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डलाई थप कार्यभार

काठमाडौं,२० असार  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कार्यभार थपिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोकेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । … Continue reading प्रधानमन्त्री प्रचण्डलाई थप कार्यभार

थप पढ्नुहोस् »