समाचार

तुलसीपुरमा ७० बर्ष पछि चौधरीले पाए नेपाली नागरिकता

कपिल लामिछाने, दाङ। चौधरी समुदायमा सानैदेखि अरूको घरमा काम गर्दै जिविकोपार्जन गर्दै आईरहेका तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का ठोकु चौधरीले ७० बर्ष पछि नेपाली नागरिकता प्राप्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा स्थायी रुपमा बसोबास गरिरहेका घुघुराम चौधरी तथा आमा डुरी चौधरीका जेष्ठ छोरा ठोकु चौधरी बाबुआमा दुबैको मृत्यु पश्चात एक्लै … Continue reading तुलसीपुरमा ७० बर्ष पछि चौधरीले पाए नेपाली नागरिकता

थप पढ्नुहोस् »

दाङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

दाङ। दाङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५२ जनामा गरिएको पिसिआर परिक्षणमा १० जना पुरुष र १० जना महिला गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराहीका ९ जना, लमहीका ४ जना, तुलसीपुरका ३ जना, बबईका २ जना, शान्तिनगर र बंगलाचुलीका … Continue reading दाङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

थप पढ्नुहोस् »

विद्यार्थीले पनि पाउने भए कोरोना खोप

काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने डा. … Continue reading विद्यार्थीले पनि पाउने भए कोरोना खोप

थप पढ्नुहोस् »

तालिबानको नियन्त्रणमा अफगानिस्तानका प्रमुख सहर

तालिबान लडाकु समूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको तालिबान समूहले दाबी गरेको छ ।  गएकाे चार दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी नियन्त्रणमा लिएको यो सातौँ हो । अफगानिस्तानको सुरक्षामा द्रुत रूपमा देखिएको गिरावट मुख्यतया अमेरिकी सेनाको हतारमा भएको फिर्तीका कारण भएको देखिएको छ … Continue reading तालिबानको नियन्त्रणमा अफगानिस्तानका प्रमुख सहर

थप पढ्नुहोस् »

विद्युत प्राधिकरणमा घिसिङ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ । मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक … Continue reading विद्युत प्राधिकरणमा घिसिङ नियुक्त

थप पढ्नुहोस् »

दाङको हात्ति ढुङगा ढल्यो

दाङ। दाङको पर्यटकिय स्थलको सम्भावना बोकेको हात्ति ढुङगा ढलेको छ । अविरल बर्षाकारण तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा रहेको ऐतिहासिक हात्ती ढुंगा ढलेको बताइएको छ । केही समयदेखि प्रयटकिय स्थलको सम्भावना बोकेको हात्ती ढुंगा बर्षाका कारण मंगलबार बिहान ९ बजेतिर भत्किएको हो । सोमबार बेलुका देखि परेको अविरल वर्षातका कारण हात्ती ढुंगा अडाएको माटो … Continue reading दाङको हात्ति ढुङगा ढल्यो

थप पढ्नुहोस् »

मेस्सी पीएजसी आउन सहमत

काठमाण्डाै । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले दुई वर्षको अनुबन्धमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आउन सहमत भएका छन् । ६ पटक बालोन डी ओर जितेका मेस्सीले गत हप्ता बार्सिलोना छोडेका थिए र अहिले उनलाई पीएसजीले प्रति वर्ष २५ मिलियन युरो दिने गरी अनुबन्ध गर्न लागेको हो । मेस्सीले पीएजसीसँग थप एक वर्ष अनुबन्ध … Continue reading मेस्सी पीएजसी आउन सहमत

थप पढ्नुहोस् »

टिम प्रमोदका किरण बने भ्वाइस अफ नेपाल सिजन ३

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमिरले हात पारेका छन् । शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमिरले उपाधि रक्षा गरेका हुन्। अमेरिकाबाट भ्वाइसकै लागि नेपाल आएका किरण आठ महिनादेखि नेपालमा छन् । ‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए। तेस्रो संस्करणको फाइनलमा टिम … Continue reading टिम प्रमोदका किरण बने भ्वाइस अफ नेपाल सिजन ३

थप पढ्नुहोस् »

देशभर झन्डै ४ हजार जनामा कोरोना संक्रमण ,३७ जनाको ज्यान गयो

दाङ। देशभर पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ … Continue reading देशभर झन्डै ४ हजार जनामा कोरोना संक्रमण ,३७ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनः नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

दाङ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख … Continue reading कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनः नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

थप पढ्नुहोस् »