समाचार

दाङमा टिप्परको ठक्करबाट १ जनाको ज्यान गयो १ गम्भीर घाइते

दाङ – दाङको देउखुरीमा आइतबार दिउँसो टिपरले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा दाङको गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया जमुना कुमालको ज्यान गएको छ । दुर्घटनामा जमुनाका बुवा ५९ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते हुनुभएकाे छ । टिपरले ठक्कर दिएपछि घाइते भएकी जमुनालाई उपचारका लागि लमहीतर्फ लिजादै गर्दा बाटोमा … Continue reading दाङमा टिप्परको ठक्करबाट १ जनाको ज्यान गयो १ गम्भीर घाइते

थप पढ्नुहोस् »

तुलसीपुरमा कृषकलाई गहुँको बिउँ दिदै वडा कार्यालय

कपिल लामिछाने , दाङ। तुलसीपुर उपममहानगरपालिका वडा नं १८ ले कृषकहरुकाे लागी समय-समयमा बिभिन्न जातका बिउँहरु वितरण गर्दै आईरहेकाे छ । यसै बिच अहिले धानबाली काटेर सकिन लाग्दा तुलसीपुर १८ ले उन्नत जातकाे गहुँकाे बिउँ वितरण गर्न लागेकाे हाे । वडा कार्यालयले मिति २०७७ साल असाेज १२ गतेदेखि गहुँकाे बिउँ लिने कृषकहरुकाे नाम टिपाेट गर्दै … Continue reading तुलसीपुरमा कृषकलाई गहुँको बिउँ दिदै वडा कार्यालय

थप पढ्नुहोस् »

स्कोर्पियो दुर्घटना, ५ जनाको ज्यान गयो

दाङ। उदयपुरको कटारीमा गएराति स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षिय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की … Continue reading स्कोर्पियो दुर्घटना, ५ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुरका थप ६ जनामा कोरोना पुष्टि

दाङ । तुलसीपुरका थप ६ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुरका वडा नम्बर ५ र ६ का २/२ जना तथा वडा नम्बर १८ र १९ का १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै फ्लोअपमा रहेका तुलसीपुर ७ का २ जना पुरूषमा १४ दिनपछि र … Continue reading तुलसीपुरका थप ६ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

वीरगञ्जबाट झन्डै २३ किलो सुन बरामद

वीरगञ्ज । पर्साको वीरगञ्जबाट झन्डै २३ किलो सुन बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो । सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

थप पढ्नुहोस् »

बडादसैं सुरु , आज घटस्थापना

काठमाण्डौ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको … Continue reading बडादसैं सुरु , आज घटस्थापना

थप पढ्नुहोस् »

नगर प्रवक्ता सहित तुलसीपुरका ११ जनामा कोरोना पुष्टि

दाङ । तुलसीपुरमा शुक्रवार प्रवक्ता सहित ११ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको परिक्षण गर्दा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता सहित ११ जनामा कोरोना पुष्टि भएको तुलसीपुरका फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । संक्रमित हुनेमा तुलसीपुर वडा नम्वर ३ का १, वडा नम्बर ५,६ ,७ का २/२ जना, वडा … Continue reading नगर प्रवक्ता सहित तुलसीपुरका ११ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

थप ४३९२ जनामा संक्रमण, ७०० बढीको ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० … Continue reading थप ४३९२ जनामा संक्रमण, ७०० बढीको ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुरमा ५ जुवाडे पक्राउ

दाङ। दाङको तुलसीपुरमा पाँच जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका -१ भमके निवासी ४१ बर्षीय गिरीराज गरम्जाको घर कोठामाविहीबार बेलुका ४ बजेतिर जुवा खेलिरहेका उनीहरुलाई २४ हजार तीनसय ६५ नगद तथा तीन गड्डी तास उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी ४९ बर्षीय गिरीराज गरम्जा, सोही ठाउँका … Continue reading तुलसीपुरमा ५ जुवाडे पक्राउ

थप पढ्नुहोस् »

दाङमा बिहीबार ४५ संक्रमीत थपिए

दाङ। दाङमा बिहीबार ४५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत हुनेेे तुलसीपुर उपमहानगरपालिका मा २२ जना, घोराही उपमहानगरपालिमा १६ जना, लमहीमा ४ जना, शान्तिनगरमा १ जना, दंगिशरणमा १ जना र गढवामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोरोना-१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । यो संगै जिल्लामा हालसम्म … Continue reading दाङमा बिहीबार ४५ संक्रमीत थपिए

थप पढ्नुहोस् »