समाचार

भूमिहीनको दिगो समाधान गरिने छः प्रधानमन्त्री शाह

काठमाडौ,२१ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन नागरिकको वास्तविक अवस्था पहिचान गर्दै दिगो समाधानतर्फ सरकार अघि बढिसकेको जानकारी दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले असुरक्षित स्थानमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित तथा व्यवस्थित रूपमा स्थानान्तरण गरिने उल्लेख गरेका छन्। अन्य भूमिहीन नागरिकका हकमा सम्बन्धित आयोगको सिफारिस र सङ्कलित विवरणका आधारमा सरकारले आवश्यक निर्णय लिने पनि … Continue reading भूमिहीनको दिगो समाधान गरिने छः प्रधानमन्त्री शाह

थप पढ्नुहोस् »

लुम्बिनीको प्रशासनिक भवनबाट सेवा सुरु: सबै मन्त्रालय एउटै परिसरमा

दाङ,२१ वैशाख । लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबारदेखि राप्ती गाउँपालिका–३, मसुरियास्थित नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गरेका हुन्। मुख्यमन्त्री आचार्यले सङ्घीयताको सुदृढीकरणका लागि प्रदेश संरचनालाई बलियो बनाउने उद्देश्यले प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै यसलाई प्रदेशबासीका लागि गौरवको विषय भएको उल्लेख गरे। “सात … Continue reading लुम्बिनीको प्रशासनिक भवनबाट सेवा सुरु: सबै मन्त्रालय एउटै परिसरमा

थप पढ्नुहोस् »

चट्याङ लागेर एकजनाको मृत्यु

काठमाडौ,२१ वैशाख। चट्याङ लागेर बाजुरमा एक वृद्धको मृत्यु भएको छ । बाजुराको बूढीनन्दा नगरपालिका–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीका अनुसार उनी पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर गम्भीर घाइते भएका थिए। घाइते बुढालाई उपचारका लागि आधारभूत अस्पताल कोल्टीतर्फ लैजाँदै गर्दा बाटोमै … Continue reading चट्याङ लागेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

क्यानले घटायो टिकट मूल्य

काठमाडौ,२१वैशाख ।नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलका लागि टिकट मूल्य घटाएको छ। सोमबार (वैशाख २१) जारी सूचनाअनुसार मंगलबार (वैशाख २२) हुने नेपाल र ओमानबीचको खेलका लागि प्रतिटिकट २०० रुपैयाँ कायम गरिएको छ। यसअघि टिकट मूल्य ४०० रुपैयाँ रहेको थियो। लिग–२ मा नेपाल २३ खेलबाट १६ अंकसहित सातौँ स्थानमा … Continue reading क्यानले घटायो टिकट मूल्य

थप पढ्नुहोस् »

दुबईमा अलपत्र परेकी युवतीको उद्दार

काठमाडौ,२१ वैशाख । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि यूएई पुगेकी काभ्रेपलाञ्चोककी रमिता रमतेल अनेकौँ दुःख, यातना र ठगीको शिकार बनेर अन्ततः स्वदेश फर्किएकी छन्। घरेलु कामदारका रूपमा दुबई पुगेकी रमिताले घरधनीबाट सहन नसकिने मानसिक यातना भोग्नुपरेपछि त्यहाँबाट भाग्न बाध्य भएकी थिइन्। तर, घरबाट भागेपछि सहयोग पाउने आशामा परेकी उनी उल्टै नक्कली संस्थाको ठगी जालमा फसिन्। … Continue reading दुबईमा अलपत्र परेकी युवतीको उद्दार

थप पढ्नुहोस् »

सुदूरपश्चिममा चार घण्टादेखि निरन्तर वर्षा

काठमाडौ,२१ वैशाख । कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। बिहान करिब ५ बजेदेखि सुरु भएको पानी अझै जारी रहेको छ भने कतिपय ठाउँमा हावाहुरीसमेत चलेको छ। निरन्तर वर्षाका कारण खेतबारीमा पानी जम्न थालेको छ भने मौसममा चिसोपन पनि बढेको स्थानीयले महसुस गरेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान … Continue reading सुदूरपश्चिममा चार घण्टादेखि निरन्तर वर्षा

थप पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौ,२१ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार) बस्दै छ। बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा हुने तय भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टीले सञ्चालन गरेको एक महिने ‘जरा अभियान’ र क्रियाशील सदस्यता अद्यावधिकको … Continue reading कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

थप पढ्नुहोस् »

चर्चित ८ तले घर मालिक चाम्लिङ पक्राउ : हातहतियारजन्य सामग्री बरामद

काठमाडौ,२०वैशाख। सार्वजनिक जग्गामा निर्माण गरिएको भनिएको ८ तले घरका मालिक इन्द्रकुमार चाम्लिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार चाम्लिङको घरबाट प्रहरी पोसाक, आर्मी कम्ब्याट तथा हतियारजस्ता देखिने सामग्री फेला परेका छन्। ती सामग्रीबारे अनुसन्धान तथा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो। यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले भने चाम्लिङलाई … Continue reading चर्चित ८ तले घर मालिक चाम्लिङ पक्राउ : हातहतियारजन्य सामग्री बरामद

थप पढ्नुहोस् »

बोक्सीको आरोपमा पुर्व जनप्रतिनिधिलाई मलमूत्र खुवाइयो

काठमाडौ,२० वैशाख । बोक्सीको आरोप लगाउदै एक महिलामाथि अमानवीय गरिएको छ। रौतहटको कटहरिया नगरपालिका–९ मा बोक्सीको आरोप लगाउँदै ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई केही स्थानीयले जबर्जस्ती मानव मल मूत्र खुवाएको आरोप लागेको छ। घटनाका अनुसार छिमेकी पुकार माझीको घरमा विवाहका लागि आएका जन्तीमा सहभागी एक १० वर्षीय बालक बिरामी भएपछि उनलाई जादू … Continue reading बोक्सीको आरोपमा पुर्व जनप्रतिनिधिलाई मलमूत्र खुवाइयो

थप पढ्नुहोस् »

लैंगिक हिंसाका घटनाबारे तत्काल सरकारलाई खबर गर्न आग्रह

काठमाडौ,२० वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय सञ्चार माध्यममा आएका हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै महिला तथा किशोरीमाथि हुने शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेको छ। दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको … Continue reading लैंगिक हिंसाका घटनाबारे तत्काल सरकारलाई खबर गर्न आग्रह

थप पढ्नुहोस् »