स्वास्थ्य

इच्छुकलाई रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रक्तदानमा सहभागीताको हुन अनुरोध गरेको छ । देशका विभिन्न स्थानमा सोमबार भएको जेनजी प्रदर्शनमा घाइते भएकाहरूको उपचारका लागि रगतको माग बढेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले इच्छुक रक्तदाताहरू, स्वयंसेवी संस्था, संघरसंगठनहरूले केन्द्रीय रक्त सञ्चार केन्द्र वा नजिकको अस्पतालमा गएर रक्तदान गरि घाइतेको उपचारमा सहयोग … Continue reading इच्छुकलाई रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

थप पढ्नुहोस् »

राजधानीका अस्पतालमा रगत अभावः रक्तदान गर्न आह्वान

काठमाडौँ,२३ भदौ। सोमबार राजधानीमा भएको जेन–जीको सरकार विरोधी प्रदर्शनका क्रममा सयौँ व्यक्तिहरू घाइते भएपछि सामाजिक सञ्जालमा रगत अभाव भएको भन्दै पोस्टहरू राखिएका छन्। विशेषगरी घाइतेहरूको उपचार भइरहेका सिभिल अस्पताल, ट्रमा सेन्टर र एभरेष्ट अस्पतालमा तत्काल रगत आवश्यक भएको भन्दै सोही क्षेत्रमा अभाव देखिएको उल्लेख गरिएको छ। विभिन्न समूहहरूले रक्त अभाव हुनसक्ने भन्दै स्वेच्छिक रक्तदाताहरूलाई नजिकैको … Continue reading राजधानीका अस्पतालमा रगत अभावः रक्तदान गर्न आह्वान

थप पढ्नुहोस् »

रेडक्रसको स्थापना दिवसमा रक्त समूह परीक्षण

दाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसको अवसरमा रक्त समूह परिक्षण गरिएको छ । स्थापना दिवसको अवसरमा बिहिबार विद्यालयमा पुगेर नेपाल रेडक्रस सोसाइटी दाङले रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । रेडक्रस दाङको प्राविधिक सहयोग र जुनियर रेडक्रस सर्कल माध्यमिक विद्यालय कालाखोलाको आयोजनामा उक्त कार्यक्रम भएको हो। जुनियर रेडक्रस सर्कलकी अध्यक्ष … Continue reading रेडक्रसको स्थापना दिवसमा रक्त समूह परीक्षण

थप पढ्नुहोस् »

झुम्का कारागारमा फेरि एक बन्दीको मृत्यु

काठमाडौं,१९ भदौ । सुनसरीको झुम्का कारागारमा फेरि एक कैदीबन्दीको मृत्यु भएको छ। ज्वरोले बिरामी भएका सप्तरी राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार ज्वरोका कारण जिल्ला अस्पतालमा भर्ना गरिएका यादवलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारकै क्रममा मृत्यु भएको … Continue reading झुम्का कारागारमा फेरि एक बन्दीको मृत्यु

थप पढ्नुहोस् »

जापानी इन्सेफ्लाइटिसबाट २३ जनाको मृत्यु, सबैभन्दा बढी लुम्बिनीमा

काठमाडौं,१७ भदौ। जापानी इन्सेफ्लाइटिस (जेई) का कारण देशभर २३ जनाको ज्यान गइसकेको छ। यस वर्ष डेंगु जस्तै लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको मृत्युदर भने डेंगुभन्दा धेरै उच्च देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अहिलेसम्म देशभर ३ हजार ५८६ जना डेंगु संक्रमित भेटिएका छन् भने २ जनाको मृत्यु भएको छ। तर सोही … Continue reading जापानी इन्सेफ्लाइटिसबाट २३ जनाको मृत्यु, सबैभन्दा बढी लुम्बिनीमा

थप पढ्नुहोस् »

वीरगञ्जमा हैजाका १३६ बिरामी

काठमाडौँ,१२ भदौ । पर्साको वीरगञ्जमा हैजा संक्रमण बढ्दै गएको छ। अहिलेसम्म एक सय ३६ जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। जनस्वास्थ्य अधिकृत धनी सिंहका अनुसार हैजाबाट उपचार गराइरहेका बिरामीमध्ये ५६ जना डिस्चार्ज भइसकेका छन् भने २८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गएराति मात्रै ११४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका … Continue reading वीरगञ्जमा हैजाका १३६ बिरामी

थप पढ्नुहोस् »

पर्सामा हैजा नियन्त्रण बाहिर छ: प्रजिअ

काठमाडौं,११ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रण बाहिर गएको बताएका छन्। मंगलबार पत्रकारसँग भेटघाटमा उनले हैजा नियन्त्रणका लागि तत्काल सामूहिक र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। ‘हामी अहिले निकै संवेदनशील अवस्थामा छौं,’ उनले भने, ‘हैजा नियन्त्रण बाहिर गएको छ, त्यसैले रोकथाम र नियन्त्रणका लागि सबै पक्ष … Continue reading पर्सामा हैजा नियन्त्रण बाहिर छ: प्रजिअ

थप पढ्नुहोस् »

लुम्बिनी पूर्ण खोप सुनिश्चित घोषणा, बालबालिका खोपसेवाबाट वञ्चित हुने छैनन् : मुख्यमन्त्री आचार्य

दाङ,५ भदौ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना कायम भएको घोषणा गरिएको छ । बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित दिगोपना प्रदेश घोषणा गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अब कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ अभियानलाई निरन्तर अघि बढाउनुपर्ने … Continue reading लुम्बिनी पूर्ण खोप सुनिश्चित घोषणा, बालबालिका खोपसेवाबाट वञ्चित हुने छैनन् : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

विषादीयुक्त खानपानले मानसिक रोगको जोखिम बढ्दैः जिसस प्रमुख शर्मा

दाङ, २९ साउन । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले रासायनिक तथा विषादी मिसिएको खानपानका कारण मानसिक रोगको जोखिम बढ्दै गएको बताएका छन् । बुधबार बिजौरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अत्यधिक विषादी प्रयोगले नागरिकको मानसिक स्वास्थ्यमा प्रतिकूल असर परेको बताएका हुन्। कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले किसानहरूले गाईगोरुबाट प्राप्त हुने जैविक मलको … Continue reading विषादीयुक्त खानपानले मानसिक रोगको जोखिम बढ्दैः जिसस प्रमुख शर्मा

थप पढ्नुहोस् »

जन्मदिनको भोज खाँदा २७ जना बिरामी

काठमाण्डौ, २३ साउन । जन्मदिनको भोज खाँदा २७ जना बिरामी परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा जन्मदिनको भोजमा सहभागी भएका २७ जना व्यक्ति विषाक्त भोजन खाँदा बिरामी परेका हुन् । हिजो बिहिबार राती ९ बजे जितेन्द्र राईको घरमा आयोजित जन्मदिनको कार्यक्रममा रोटी, अचार, पुरी, बुनिया, पुवा जस्ता परिकार खाएका २७ जनामा झाडापखाला … Continue reading जन्मदिनको भोज खाँदा २७ जना बिरामी

थप पढ्नुहोस् »