स्वास्थ्य

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति  लामिछानेले दिए राजीनामा

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले पदबाट राजीनामा दिएका छन । उनले प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन । घरायसी र स्वास्थ्यको कारण देखाउदै आफूले पदबाट राजीनामा दिएको बताएका छन । साथै लामिछानेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन । लामिछानेको आउँदो फागुनमा आफ्नो … Continue reading राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति  लामिछानेले दिए राजीनामा

थप पढ्नुहोस् »

राप्ती प्रतिष्ठामा विरामी बढे , विरामीलाई बेड पाउनै मुस्किल  

दाङ,२९ असोज ।  दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरूले सैया (बेड) पाउनै मुस्किल भएको छ ।  उपचार गर्न आउने विरामीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछि बिरामीलाई बेड अभाव भएको अस्पताल्ले जनाएको छ ।  दैनिक ९ सय जना बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन । त्यस्मा आधा बिरामीभर्ना हुने प्रकारका आउने गरेको  अस्पतालको … Continue reading राप्ती प्रतिष्ठामा विरामी बढे , विरामीलाई बेड पाउनै मुस्किल  

थप पढ्नुहोस् »

बुद्ध हस्पिटलको कार्यकारी अधिकृतमा किशोर आचार्य

दाङ, २६ असोज । दाङको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटल प्रा.लि. ले स्वास्थ्य सेवा व्यवस्थापन र गुणस्तर सुधारमा नेतृत्व प्रदान गर्ने उद्देश्यसहित किशोर कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ। जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव रहेका आचार्यले यसअघि स्वास्थ्य कार्यालय दाङका प्रमुखका रूपमा कार्य गर्दै जिल्लाको स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। … Continue reading बुद्ध हस्पिटलको कार्यकारी अधिकृतमा किशोर आचार्य

थप पढ्नुहोस् »

अस्पतालमा बेड अभाव, कुर्चीमै राखेर उपचार

दैलेख, २३ असोज । बिरामीको चाप अत्यधिक बढेसँगै जिल्ला अस्पताल दैलेखले बिरामीहरूलाई कुर्चीमै राखेर उपचार गर्न थालेको छ। २०४२ सालमा ओपीडीका रूपमा बनेको साँघुरो भवनमा बेड अभाव भएपछि यस्तो अवस्था आएको हो। १५ शैय्याको क्षमता रहेको उक्त अस्पतालमा हाल ५८ बेडसम्मको व्यवस्थापन गरी सेवा दिइँदै आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा। मनोज विश्वकर्माले जानकारी … Continue reading अस्पतालमा बेड अभाव, कुर्चीमै राखेर उपचार

थप पढ्नुहोस् »

भ्रामक सूचना र गलत विश्वासले बढाउँदै मातृत्व संकट

उमा भण्डारी, दाङ । दाङको बबई गाउँपालिका–३ बस्ने गंगदी यतिबेला प्रजनन स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। १५ वर्षमै सन्तान जन्माएकी उनलाई एकातिर स्वास्थ्य समस्या र अर्कोतिर सन्तानको चिन्ताले च्यापिरहेको छ। उनमा पाठेघरको समस्या छ। उनकी जेठी छोरी जन्मजातै सुन्न र बोल्न नसक्ने छन्। कलिलो उमेरमै प्रेम विवाह गरेकी गंगदीले आफ्नो शरीरमा देखिएका परिवर्तन महसुस गर्नै पाइनन् … Continue reading भ्रामक सूचना र गलत विश्वासले बढाउँदै मातृत्व संकट

थप पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने

काठमाडौँ,८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाप्रवाहलाई व्यवस्थित गर्ने उदेश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या, ढिलाइ वा अनुचित गतिविधिबारे गुनासो सुन्न र छानबिन गर्ने व्यवस्थालाई सक्रिय बनाएको बताएको छ । मन्त्रालयका अनुसार, कर्मचारीहरूले तोकिएको कार्य नगरेको, सेवामा ढिलाइ भएको वा अन्य अनुचित कार्यका कारण नागरिकलाई समस्या … Continue reading स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने

थप पढ्नुहोस् »

मन्त्री बन्ने सूचीबाट हट्यो डा. मिश्रको नाम

काठमाडौं,६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता कौशल मिश्र अन्तिम घडीमा सूचीबाट हटेकी छन्। कार्कीले मिश्रसहित पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्। तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी मुद्दा गम्भीर रूपमा उठेपछि आज बिहानै उनको नाम काटेर चार जनाको मात्र नाम पुनः राष्ट्रपति रामचन्द्र पौडेलकहाँ … Continue reading मन्त्री बन्ने सूचीबाट हट्यो डा. मिश्रको नाम

थप पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री खनालकी पत्नी चित्रकारको बायाँ हात काटियो अवस्था गम्भीर

काठमाडौँ ,२ असोज । गत भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारक्रममा बायाँ हात काटिएको छ। पूर्वप्रधानमन्त्री खनालका अनुसार ७० वर्षीया चित्रकारको शरीर करिब १७ प्रतिशत जलेको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा उनको अवस्था गम्भीर रहेको छ। ‘निमोनियासमेत देखिएको छ, चेतना भए पनि बोल्न सक्ने … Continue reading पूर्व प्रधानमन्त्री खनालकी पत्नी चित्रकारको बायाँ हात काटियो अवस्था गम्भीर

थप पढ्नुहोस् »

जंगली च्याउ खाँदा छजना बिरामी

काठमाडौ,१ असोज। जंगली च्याउ खाँदा गुल्मीमा छजना बिरामी परेका भएका छन् । गुल्मीदरबार गाउँपालिका –१ बलिथुमका रजाली परिवार बुधबार बिहान जंगलबाट ल्याएको च्याउ खादा बिरामी भएका हुन् । खानाको समयमा उक्त च्याउ खाँदा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । बलिथुमका ८३ वर्षीय केहरसिंह रजाली, ३३ … Continue reading जंगली च्याउ खाँदा छजना बिरामी

थप पढ्नुहोस् »

जापनिज इन्सेफ्लाइटिसका कारण पाँचजनाको मृत्यु

काठमाडौँ,३० भदौ । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ जनामध्ये उनीहरूको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एकजनाको मृत्यु भएको थियो। इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । यसैगरी यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२२ … Continue reading जापनिज इन्सेफ्लाइटिसका कारण पाँचजनाको मृत्यु

थप पढ्नुहोस् »