स्वास्थ्य

स्वास्थ्य बीमामा १४ अर्बको संकट

काठमाडौं,२२ माघ। तत्काल १४ अर्ब रुपैयाँ बजेटको व्यवस्था नभए स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने जोखिममा पुगेको छ। स्वास्थ्यमन्त्री डा. सुधा शर्माले बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव घनश्याम उपाध्यायसँग उक्त रकमको व्यवस्था गर्न आग्रह गरेकी थिइन्। रकम निकासा नभए बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने मन्त्री शर्माको भनाइ थियो। तर अर्थ मन्त्रालयले भने … Continue reading स्वास्थ्य बीमामा १४ अर्बको संकट

थप पढ्नुहोस् »

निपाह भाइरसबाट आतंकित नहुन मन्त्रालयको आग्रह

काठमाडौं ,१९ माघ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतंकित नहुन आग्रह गरेको छ । नेपालमा हालसम्म निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका निम्ति पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले आतंकित नहुन आग्रह हो । “स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैलाई आतंकित नहुन तथा आफू र परिवारलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्डहरू … Continue reading निपाह भाइरसबाट आतंकित नहुन मन्त्रालयको आग्रह

थप पढ्नुहोस् »

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइने

दाङ,१३ माघ । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीलाई लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रूपमा एचपीभी खोप सञ्चालन गरिनेछ। खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा … Continue reading माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइने

थप पढ्नुहोस् »

तुलसीपुर–१३ मा निःशुल्क स्वास्थ्य शिविर

दाङ११माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को सहजीकरणमा तुलसीपुर सिटी हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सन्दीपन रिजालको अध्यक्षता तथा वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेल प्रमुख आतिथ्यतामा उक्त शिविर … Continue reading तुलसीपुर–१३ मा निःशुल्क स्वास्थ्य शिविर

थप पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

काठमाडौं,७ माघ। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा। कृष्ण पौडेललाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्माले बोर्ड नेतृत्वविहीन बनेपछि डा. पौडेललाई उक्त जिम्मेवारी सुम्पेकी हुन्। यसअघि बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि स्वास्थ्य बीमा बोर्ड केही समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको थियो। बोर्डका … Continue reading स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

थप पढ्नुहोस् »

सुर्तिजन्य पदार्थमा १०० प्रतिशत चेतावनी छाप्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ,१२ पुस । सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट तथा प्याकेजिङमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य गर्नुपर्ने कानुन कार्यान्वयन गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट मञ्चका सचिव अधिवक्ता जयप्रसाद पौडेल र कानुन अधिकृत अधिवक्ता आकृति त्रिपाठीले संविधानको धारा ४६ र १३३ बमोजिम उत्प्रेषण तथा परमादेश … Continue reading सुर्तिजन्य पदार्थमा १०० प्रतिशत चेतावनी छाप्न माग गर्दै सर्वोच्चमा रिट

थप पढ्नुहोस् »

प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश

दाङ,८ पुस । उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपकुलपति नियुक्ति गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले स्वास्थ्य मन्त्रालयले मंसिर २५ गते उपकुलपति नियुक्तिका लागि जारी गरेको सूचना रोक्न अन्तरिम … Continue reading प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश

थप पढ्नुहोस् »

जनस्वास्थ्यको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड

दाङ,३ पुस । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयलाई तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्नु पत्रकारको प्रमुख दायित्व भएको सरोकारवालाले बताएका छन्। जनस्वास्थ्यका मुद्दामा सही सूचना प्रवाह र गलत सूचना नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिका निर्णायक हुने उनीहरूको जोड रहेको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा घोराहीमा आयोजित जनस्वास्थ्य … Continue reading जनस्वास्थ्यको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड

थप पढ्नुहोस् »

प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न आदेश

दाङ ,१ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले आदेश दिएको हो। अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते सूचना प्रकाशित गरेको थियो। तर प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन … Continue reading प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न आदेश

थप पढ्नुहोस् »

मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम

दाङ,५ मंसिर । दाङको घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा आज (शुक्रबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। घोराही बैंकर्स क्लब दाङले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोग तथा कलेजसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेका थिए। कार्यक्रम घोराही … Continue reading मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »