फिचर

पटक-पटक चोरीको निशानामा परेको रेडपाण्डा मृत फेला

काठमाडौं,४ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा संरक्षणमा रहेको दुर्लभ वन्यजन्तु रेडपाण्डाको शनिबार निधन भएको छ। पछिल्लो समय पटक–पटक चोरी प्रयासको निशानामा परेको रेडपाण्डा बिरामी भएर मृत अवस्थामा फेला परेको हो। चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार रेडपाण्डाको शनिबार दिउँसो १२ बजे मृत्यु भएको हो। “एक सातादेखि बिरामी थियो, खानेकुरा कम खान थालेको थियो,” उनले भने, … Continue reading पटक-पटक चोरीको निशानामा परेको रेडपाण्डा मृत फेला

थप पढ्नुहोस् »

घोराहीको साई मन्दिर टोलमा बाढी

दाङ,४ असार,। दाङको घोराहीस्थित साई मन्दिर टोलमा बाढी पसेको छ। ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो । घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्रायस् सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले बताए । उनका अनुसार दर्जनौं … Continue reading घोराहीको साई मन्दिर टोलमा बाढी

थप पढ्नुहोस् »

सुशासन आयोगको बैठक बस्दै

काठमाडौँ ,४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोशनी मेचेले जानकारी दिइन् । गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले … Continue reading सुशासन आयोगको बैठक बस्दै

थप पढ्नुहोस् »

लुम्बिनीसहित ३ प्रदेशका १५ अस्पताल मार्फत निःशुल्क मुटुरोग सेवा

काठमाडौँ, ३ असार। सरकारले मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। लुम्बिनी ,बागमती र कोशी प्रदेशका सरकारी तथा केही निजी अस्पतालमार्फत गम्भीर मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियोथोरासिक केन्द्र, मानव अङ्ग प्रत्यारोपण केन्द्र, चितवन मेडिकल कलेज, बयोदा अस्पताल … Continue reading लुम्बिनीसहित ३ प्रदेशका १५ अस्पताल मार्फत निःशुल्क मुटुरोग सेवा

थप पढ्नुहोस् »

अमेरिकाबाट डिपोर्ट गरिएका १६३ मध्य दाङका ५१ जना

दाङ,३ असार। अमेरिकी सपनालाई पछ्याउँदै जीवन बदल्न घर–परिवारको ऋण रक्ष गरेर तल्लो बाटो हुँदै अमेरिका पुगेका दाङका युवाहरू अहिले ‘डिपोर्ट’को सूचीमा सबैभन्दा अगाडि छन्। अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएका १६३ नेपालीमध्ये दाङका ५१ जना परेका छन्। उनीहरूमध्ये अधिकांश युवा उमेरका छन्, जसले घर फर्कँदा हातमा सफलता होइन, पीडा र लज्जाको भारी बोकेका छन्। वर्षौंसम्म बिचौलियालाई लाखौं … Continue reading अमेरिकाबाट डिपोर्ट गरिएका १६३ मध्य दाङका ५१ जना

थप पढ्नुहोस् »

तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न

दाङ,२ असार । दाङको तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नारासहित तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आयोजित १५ दिने सीप विकास तालिम सम्पन्न भएको छ। तालिम जेठ १९ गतेदेखि असार २ गतेसम्म सञ्चालन भएको तालिममा थाकलको ब्याग, टोपी र चकटी बनाउन सिकाइएको थियो ।सामुदायिक वनका महिला पदाधिकारीहरूलाई लक्षित … Continue reading तुलसीपुरमा १५ दिने सीप विकास तालिम सम्पन्न

थप पढ्नुहोस् »

सामाजिक सञ्जालमा ‘फोरलेन उद्घाटन’: भुइँमा खाल्डाखुल्डी, फेसबुकमा चकमक सडक

दाङ,२ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डमा यतिबेला डोजर होइन, डाटा दौडिरहेको छ। सडक अझै खाल्डाखुल्डीमै अड्किएको छ, तर सामाजिक सञ्जालमा भने चार लेनको ‘रिबन कटिङ’ भइसकेको छ। जनप्रतिनिधि देखि नेतासम्म मोबाइल समातेर फेसबुकमा ‘फोरलेन’ उद्घाटन गरिरहेका छन्। तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोलपम्पसम्म करिब २१ किलोमिटर सडक विस्तारको सरकारी योजना अन्तिम चरणमा पुगेको छ। सोमबार … Continue reading सामाजिक सञ्जालमा ‘फोरलेन उद्घाटन’: भुइँमा खाल्डाखुल्डी, फेसबुकमा चकमक सडक

थप पढ्नुहोस् »

घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग

दाङ,१ असार । शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौं शाखा दाङको घोराहीमा बिस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ। विगत एक दशकदेखि युवा भविष्य निर्माणमा समर्पित यस संस्थाले घोराही शाखाको उद्घाटन गरी आफ्नो सेवा क्षेत्रलाई थप फराकिलो बनाएको हो । घोराही शाखाका अध्यक्ष किरण पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का … Continue reading घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग

थप पढ्नुहोस् »

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड: समावेशी विकास, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

दाङ, ३२ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्। मन्त्री कार्कीका अनुसार कुल बजेटमध्ये १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ … Continue reading लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड: समावेशी विकास, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

थप पढ्नुहोस् »

भारतीय पुरुष र नेपाली महिला मृत फेला

काठमाडौँ,१ असार । काठमाडौँमा भारतीय पुरुष र नेपाली महिला मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक निजी निवासमा एक भारतीय नागरिक र नेपाली महिला मृत फेला परेका छन्। थ्री–स्टार किडजोन स्कुलको परिसरभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चन्डिगढ निवासी अन्दाजी ५४ वर्षीय परमनारायण गिल र हाल सोही घरमा काम गर्दै आएकी धादिङकी … Continue reading भारतीय पुरुष र नेपाली महिला मृत फेला

थप पढ्नुहोस् »