दाङ। दाङमा सक्रिय कोरोना संक्रमितको संख्या ४ बढी रहेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले जिल्लामा ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।
सकृय संक्रमितहरु मध्ये अहिले ३ सय ९४ जना होम आइसोलेसनमा बसेका छन भने देउखुरीको आइसोलेसनमा १६ जना, बेलझुण्डिमा १८ जना, भेरी अस्पताल नेपालगञ्जमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना र बुटबलमा ४ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।
दाङमा अहिले सम्म २ हजार १ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १६ सय बढी डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस