after_navbar

तुलसीपुरमा संक्रमित संख्या ६ सय पुग्यो , थप १३ जनामा कोरोना संक्रमण


कार्तिक २५, २०७७


दाङ। तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ ।सोमवार मात्र १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको स्वावमा पिसिआर परिक्षण गर्दा तुलसीपुरमा थप १३ जना नँया र १ जनामा पुनः संक्रमण देखिएको छ । थपिएका संक्रमित पुरुष ९ र महिला ४ जना रहेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

ad

यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ६०१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । यस्तै हालसम्म कोरोना मुक्त हुनेको संख्या ३९६ रहेको छ भने तुलसीपुरका ८ जनाको कोरोनाबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="