दाङ। दाङको घोराहीबाट चितुवाको छाला र झन्डै ४ किलो अफिमसहित दुई युवा पक्राउ परेका छन्।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नं. ५ निवासी २७ वर्षीय धनसिंह टमाटा पक्राउ परेका हुन्।
उनीहरुलाई गोप्य सूचनाको आधारमा मंगलबार बेलुका ८ बजेतिर उनीहरूलाई घोराही ८ बन्गाउँ क्षेत्रबाट पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।
पक्राउ परेकाहरूमामाथि आवश्यक अनुसन्धान भइरहेको एसपी चन्दले बताएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस