गणेशपुर अर्थात राप्ती शान्ति उद्यान पार्कमा वुद्धको मूर्ति अनावरण


कार्तिक ३०, २०७७


दाङ। तुलसीपुर उपमहानगरपालिका–७ स्थित गणेशपुर / राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको वुद्धको मूर्ति अनावरण गरिएको छ ।

मूर्तिको अनावरण लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् ।

उक्त वुद्धको मूर्तिको निर्माण कार्यसम्पन्न गर्न तुलसीपुर उपमहागनरपालिका र प्रदेश सरकारले २४ लाख १६ हजार आर्थिक सहयोग गरेका थिए ।

राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका –७ का वडाध्यक्ष टोपबहादुर केसीले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="