तुलसीपुरका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो


मङि्सर ०४, २०७७


दाङ। बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना भाइरसबाट संक्रमित ५६ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

ad

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बिहान साढे दुई बजे मृत्यु भएको हो ।

ad

कोरोनाको आशंकामा उनलाई कात्तिक २४ गते राप्ती विज्ञान प्रतिष्ठान, घोराहीमा जाँच गर्दा २५ गते पोजिटिभ रिपोर्ट आएको थियो । होम आइसोलेशनमै रहेका उनलाई २७ गते बिहान कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

परिवारका अनुसार उनलाई केही समयदेखि मधुमेह र मृर्गौलासम्बन्धी बिरामी भएर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="