दाङ । छोराको जन्मदिनको अवसर पारेर आमाले बिरामीहरूलाई फलफूल वितरण गर्नुभएको छ ।
हाल अस्ट्रेलियामा रहेका छोरा श्रवण न्यौपानेको २४ औ जन्मदिनको अवसर पारेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बुधबार साझ आमा गौरा न्यौपानेले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्नुभएको हो ।
फलफूल पाएपछि खुसी हुँदै बिरामीहरूले श्रवणलाई जन्मदिनको शुभकामना तथा आशिर्वाद दिएका थिए ।
जन्मदिनमा अनावश्यक खर्च गरेर मनाउनु भन्दा गरिब दुखीहरूको सेवा गरेर मनाउन न्यापानेले सबैलाई आग्रह गर्नुभएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस