जिप दुर्घटनामा परी ६ जनाको ज्यान गयो


मङि्सर १२, २०७७


गुल्मी। गुल्मीमा भएको जिप दुर्घटनामा परी ६ को ज्यान गएको छ ।

शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडा नम्बर ४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एक जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेहरु इस्मा गाउँपालिका-४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका-५ का ८० वर्षीय सुन्दरी थापा र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापा रहेका छन् । दुर्घटनामा इस्मा गाउँपालिका-४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षका कमल हितान घाइते भएका छन् । चालक वुद्ध बस्नेत भने सकुसल रहेको प्रहरीले बताएको छ ।

घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिपमा चालकसहित ९ जना सवार थिए । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="