दाङ। तुलसीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा ज्यान गएको हो । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १४ गते अस्पताल भर्ना भएका थिए ।
उनको उपचारका क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३१ पुगेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस