तुलसीपुरमा एकैदिन ३ जनाको कोरोनाबाट निधन


मङि्सर १, २०७७


दाङ। तुलसीपुरमा एकैदिन ३ जनाका कोरोना संक्रमणबाट निधन भएको छ ।

बाकेमा उपचारको क्रममा गयराती उनिहरुको निधन भएको तुलसीपुरका फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । उपमहानगरपालीकाको वडा नम्बर ५ का ८१ बर्षका पुरुषको भेरी अस्पतालमा निधन भएको हो ।

यस्तै, वडा नम्बर ११ का ४५ बर्षिय पुरुषको उपचारको क्रममा निधन भएको छ । त्यसैगरी वडा नम्बर १६ निवासी २६ बर्षका पुरुषको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

यो संगै तुलसीपुरमा कोरोनाबाट निधन हुनेको संख्या १७ पुगेको केसीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="