दाङमा जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार दंगीशरण गाउँपालिका–७ श्रीगाउँ निबासी ३० बर्षीय हरि देवकोटालाई पक्राउ गरिएको हो ।
उनले माघ ३ गते राति ७ बजेतिर एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको भनी उजुरी परेकाले अनुसन्धानकालागि पक्राउ गरिएको प्रहरीले बताएको छ । मापसे गरेर ति महिलामाथि हातपात गर्नुका साथै संवेदनशील अंगमा छोएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस