दाङ । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ । गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेस्थित तिरतिरे जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँका ३९ वर्षिय इन्द्रबहादुर रानाको ज्यान गएको प्रहरीले बताएको छ ।
मंगलबार दिउँसो इन्द्रबहादुर र उहाँका भाई २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए। सो क्रममा भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइ इन्द्रबहादुरको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका इन्चार्ज राजकुमार भट्टले बताएका छन ।
प्रतिक्रिया दिनुहोस