after_navbar

दाङमा एक शिक्षक आफ्नै घरको आँगनमा मृत भेटिए


फागुन १४, २०७७


दाङ। दाङमा एक शिक्षक आफ्नै घरको आगंनमा मृत अवस्थामा फेला परेका छन् ।

घोराही उपमहानगरपालिका-१० सौंडिकुला निवासी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ad

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार घिमिरे लमडरुवा माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइती गएकोले उनी बिहीबार राति एक्लै घरमा रहेको प्रहरीले बताएको छ ।

घिमिरे शौचालय जाने क्रममा घरको दोस्रो तलाबाट लडेर ज्यान गएको हुन सक्ने डिएसपी रिजालले जानकारी दिए । त्यस्तै पोष्टमार्टम रिपोर्टपछि मात्रै थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="