दाङमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि


बैशाख ०७, २०७८


दाङ। दाङमा मंगलबार थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दाङ लगायत विभिन्न जिल्लामा गरिएको परिक्षणमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज संक्रमण पुष्टि भएकाहरुमा घोराहीका १३ जना, तुलसीपुरका ७ जना र शान्तिनगरका २ जना रहेका छन् । त्यस्तै भेरीमा पुष्टि भएका संक्रमितहरुमा तुलसीपुरका ३ जना, शान्तिनगरका २ जना र लमहीका एक जना रहेका छन् भने बुटवलमा घोराहीका २ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="