दाङ। तुलसीपुरमा बुधवार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज २३ जनाको स्वाव परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको उपमहानगरका कोभिड १९ फोलक पर्सन विमल केसीले जानकारी दिए । विभिन्न ल्यावमा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनको भनाइ छ । जसमध्य १८ जना पुरुष र ३ जना महिला रहेका छन् ।
संक्रमित हुनेमा वडा नं. ६ का १२ जना , वडा नं. ५ का २ जना, वडा नं. १५ का २ जना, वडा नं.१ का १ जना, वडा नं. २ का १ जना, वडा नं.१० का १ जना, वडा नं. १८ का १ जना र वडा नं. १९ का १ जना गरी २१ जना रहेको फोकल पर्सन केसीले जानकारी दिए । यि मध्य १ जना कोरोना विशेष असपताल बेलझुण्डी आइसोलेसनमा र १ जना नेपालगन्ज मेडिकल कलेजको आइसियुमा उपचारार्थ रहेको उनले जानकारी दिए ।
यो संगै तुलसीपुरमा सकृय संक्रमित संख्या ९६ जना पुगेको छ । जसमा बेलझुण्डी आइसोलेसनमा ११ जना, भेरीमा ७ जना, कोहलपुर मेडिकल कलेजको आइसियुमा ५ जना, होटलमा २ जना , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ जना र बाकी सबै होम आइसोलेसनमा रहेको समेत उनले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस