दाङमा जारी लकडाउन जेठ २५ गतेसम्म लम्बियो


जेठ १४, २०७८


दाङ। दाङमा जारी लकडाउन अवधि पुनः बढाइएको छ ।जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले लकडाउन थप १० दिन थप्ने निर्णय गरेको हो । अत्यावश्यक बस्तुहरु खरिदका लागि भने दैनिक बिहान६ बजेदेखि ८ बजेसम्म पसल खोल्ने निर्णय खुल्ने छन । त्यस्तै बैंकहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

ad

कोभिड व्यवस्थापन केन्द्रका संयोजक दीर्घ नारायण पौडेलको अध्यक्षतामा भएको बैठकमा १० वटै स्थानीय तहक प्रमुख , सुरक्षा प्रमुख , स्वास्थ्य प्रमुख लगाएतको सहभागीता रहेको थियो । अब लकडाउन जेठ २५ गतेसम्म साझसम्म हुने छ । यसअघि थपिएको लकडाउनको समयावधि यहि जेष्ठ १५ गते साझ सकिदैछ ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="