वडा अध्यक्ष ओलिले सडक बालकलाई उद्धार गरे


जेठ १४, २०७८


दाङ, कपिल लामिछाने
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को कार्यालय नजिकै भेटिएका नाम, ठेगाना नखुलेका अन्दाजी १५/१६ बर्षका एक सडक युवक लाई आज बिहान वडा अध्यक्ष माधव वलीको पहलमा उद्धार गरि मानव सेवा आश्रम तुलसीपुरमा पठाईएको छ ।

ad

बिहिवार अन्दाजी ३ बजेतिर यस क्षेत्रमा पानी परिरहेको बेला देखिएका नाम ठेगाना नखुलेका बालक बोल्न सक्दैनन् । आज बिहानै स्थानीय भक्त बहादुर थापाले जानकारी दिए सँगै पानीको कुनै प्रवाह नै नगरी बालकलाई भेट्न आउनु भएका वडा अध्यक्ष वलीले भक्त बहादुर थापाको सहयोगमा बालकलाई न्यानो कपडा र खाने कुराको ब्यबस्था मिलाउनु भएको थियो ।

ad

वडा कार्यालयको फुलबारीमा शरिरमा कपडा नलगाई बसेको अबस्थामा भेटिएका बालकले मानसिक सन्तुलन गुमाएका छन् । उनि बालक को हुन्? कहाँबाट यहाँसम्म आएका हुन्? यसबारेमा कसैलाई थाहा छैन् । बालक कान त सुन्छन् तर बोल्न सक्दैनन् हेर्दा चौधरी समुदायका जस्ता देखिने बालक धेरै दिनदेखिका भोका रहेका थिए । एकैपटक एक प्याकेट पाउरोटी एउटै गाँसमा खाएको देखेर वडा अध्यक्ष वली आफु आत्तिएको बताउनु हुन्छ ।

मानब सेवा आश्रममा लग्नुभन्दा पहिले अनिबार्य रुपमा कोरोना भए नभएको पुष्टी गर्नुपर्ने भएपछि तत्काल तुलसीपुर उपमहानगरपालिकाका फोकल पर्सन बिमल केसी, बिष्णु गिरी, र माया श्रेष्ठ सँग समन्वय गरेपछि केहि छिनमा स्वास्थ्यकर्मी र एम्बुलेन्स आएको थियो । एन्टिजेन बिधिबाट कोरोना चेकजाँच गरेर बाललको रिपोर्ट नेगेटिभ आएपछि उनलाई तत्काल मानव सेवा आश्रममा लगिएको थियो । अहिले बालक को हुन् कहाँबाट आएका हुन? भन्ने बारेमा कसैलाई थाहा छैन् । उनको बारेमा थाहा नहुँदासम्म बालकलाई त्यहिँ राखी उपचार गरिने र उनको परिचय खुलेपछि उनको घरसम्म पुर्याउने वडा अध्यक्ष वलीले बताउनुभयो ।

उहाँले जनप्रतिनिधि भईसकेपछि चाहे पानी परोस् चाहे घामले पोलोस् जनताको सेवामा अनवरत यसरी नै लागिरहने कुरा उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="