दाङ। दाङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५२ जनामा गरिएको पिसिआर परिक्षणमा १० जना पुरुष र १० जना महिला गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित हुनेहरुमा घोराहीका ९ जना, लमहीका ४ जना, तुलसीपुरका ३ जना, बबईका २ जना, शान्तिनगर र बंगलाचुलीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
त्यस्तै आज थपिएका सहित जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ सय ४४ पुगेको छ । ति मध्य १ सय २० जना होमआइसोलेसन, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ८ जना उपचाररत छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस