तुलसीपुरमा कोरोना संक्रमण बढेपछी सम्पूर्ण बिधालय बन्द


पुष २३, २०७८


दाङ। तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। तुलसीपुरका सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गर्नुपरेको उपमहानगरपालिकाले जनाएको छ ।

ad

तुलसीपुर मेट्रो अस्पतालमा गरीएको परिक्षणमा तुलसीपुर क्षेत्रका विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आउने आइतबारदेखी सम्पुर्ण सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

ad

विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो । बैठक शिक्षा समितिको संयोजक कुमार लामीछानेको अध्यक्षतामा बसेको थियो ।

सो अवसरमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी र विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="