दाङ । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा आज शनिबार रक्तदान तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर स्तरीय युवा सञ्जाल तुलसीपुरको आयोजनामा तुलसीपुर उपमहानगरपालिकाको समन्वय एवं जिल्ला युवा समितिको सहकार्यमा अस्पतालमा रहेको ब्लड बैंकमा रक्तदान कार्यक्रम गरिएको हो । ‘रक्तदान जीवन दान, रक्तदान महादान’ भन्ने कुरालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता नगर स्तरीय युवा सञ्जाल तुलसीपुरका अध्यक्ष गणेश भण्डारी (ओद)ले गर्नुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथि नगर उपप्रमुख स्यानी चौधरी रहनुभएको थियो भने अतिथिमा १८ नम्बरका वडा अध्यक्ष माधव वली, महिला बालबालिका प्रमुख माया श्रेष्ठ, वडा नम्बर ६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछाने, पवनगर रेडक्रस सोसाइटीका सभापति दोर्ण वली, उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, कार्यपालिका सदस्य लक्षमन विश्वकर्मा र मोहन विक उपस्थित हुनुभएको थियो ।
रक्तदान तथा फलफूल वितरण कार्यक्रमलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गर्नुभएको थियो । कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए भने राप्ती प्रादेशिक अस्पतालको इमर्जेन्सीमा रहेका ४५ जना बिरामीहरूलाई फलफूल पनि वितरण गरिएको सञ्जालका अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ ।
नगर स्तरीय युवा सञ्जालका अध्यक्ष गणेश भण्डारी (ओद)को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सञ्जालकि सचिव प्रेरणा परियारले गर्नुभएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस