दाङ,८ माघ । तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्ष दोर्ण आचार्यमाथि धारिलो हतियार प्रहार भएको छ।
तुलसीपुर-३ राम्रीस्थित आफ्नै होटलमा रहेका बेला दुई व्यक्तिले धारिलो हतियार (ग्रासी) प्रहार गरी आचार्यमाथि आक्रमण गरेका थिए। घटनामा आचार्य गम्भीर घाइते भएका छन् र उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ।
घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर-९ बेलुवाका मुकुन्द सापकोटा र उनका साढुभाईलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत विवादका कारण आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। आचार्यको स्वास्थ्य अवस्था र घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस