तुलसीपुर, १५ माघ। प्रेस सेन्टर नेपालको २४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर शाखाले दीप प्रज्वलन गरेको छ ।
कार्यक्रम शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज निर्मला आचार्यको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रमुख अतिथि आचार्यले प्रेस सेन्टरले अन्यायविरुद्ध आवाज उठाउँदै सत्य र न्यायको पक्षमा कलम चलाउँनु पर्ने बताए।
उनले प्रेस सेन्टरले दबिएका वर्ग र समुदायका मुद्दालाई प्राथमिकताका साथ उठाएर समाजमा न्याय स्थापना गर्न महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरे।
कार्यक्रमका लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले प्रेस सेन्टरले आवाज विहीनहरूको आवाज बन्ने काम गर्दै आएको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको बताए।
प्रेस सेन्टर नेपाल दाङका सचिव दीपक बोहराले प्रेस सेन्टरले दबिएका आवाजलाई बुलन्द गर्ने कार्य निरन्तर गरिरहेको बताए ।
कार्यक्रममा पार्टीका दाङ जिल्ला संयोजक हरिमान पुन ‘वरुण’, प्रदेश कमिटी सदस्य प्रेमराज ओली ‘प्रभात’, खुसीराम चौधरी, ईश्वरी पाण्डेलगायतकाको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस