after_navbar

नेपाल तरुण दल दाङ-१ को बैठक सम्पन्न: वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय


माघ २४, २०८१


दाङ,२४ माघ । नेपाल तरुण दल दाङ-क्षेत्र नम्बर १ को पदाधिकारी बैठक लमहीमा सम्पन्न भएको छ। बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ। यसका लागि विभिन्न युवाहरुलाई क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी तोकिएको छ।

नेपाल तरुण दल दाङ-१ का क्षेत्रीय सभापति किरण विक्रम शाहका अनुसार राप्ती गाउँपालिकामा रामाधार यादव र बुद्दिराम घर्ती, गढवा गाउँपालिकामा दुखहरण यादव र शुवर्ण शाह, राजपुर गाउँपालिकामा प्रिया स्मृती गजमेर र युवराज गिरी, लमही नगरपालिकामा शुवर्ण शाह, प्रिया स्मृती गजमेर, नारायण आचार्य र युवराज गिरीलाई क्षेत्रीय प्रतिनिधि तोकिएको छ।

ad

कार्यक्रम तालिका तय
राप्ती गाउँपालिकामा फागुन १० गते वडा नम्बर ३ मा सबै वडाका प्रतिनिधिहरू सहभागी हुने गरी कार्यक्रम गरिनेछ। राजपुर गाउँपालिकामा माघ २६ गते वडा नम्बर २ मा (१, २, ३ नम्बर वडासहित), माघ २८ गते वडा नम्बर ५ मा (४, ५, ६ नम्बर वडासहित) र माघ ३० गते वडा नम्बर ७ मा कार्यक्रम गरिनेछ।

गढवा गाउँपालिकामा फागुन ३ गते वडा नम्बर ३ मा (१, २, ३, ४ नम्बर वडासहित) तथा फागुन १० गते वडा नम्बर ६ मा (५, ६, ७, ८ नम्बर वडासहित) भव्य कार्यक्रमको आयोजना गरिने तयारी छ। लमही नगरपालिकामा कार्यक्रमको मिति तय गर्न थप छलफल भइरहेको सभापति शाहले जानकारी दिए।

बैठकमा सभापति शाहले पार्टीसँग समन्वय गर्दै नेपाल तरुण दलका गतिविधिहरूलाई सक्रिय बनाइने बताए। उनले भने, नेपाली कांग्रेसको नेतृत्वमा तरुण दस्ता अघि बढ्नेछ। तरुण नै शक्ति हो, देशलाई आवश्यक पर्ने दस्ता हो भन्ने सन्देश सबैमा पुर्‍याइनेछ।”

नेपाल तरुण दलले स्थानीय तहसम्म संगठन सुदृढ गर्दै युवाहरूलाई सशक्त बनाउने अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="