after_navbar

बसबाट लडेर विद्यार्थी घाइते


माघ २४, २०८१


दाङ, २४ माघ । तुलसीपुर उपमहानगरपालिका–३, दमारगाउँस्थित युनाइटेड एकेडेमी बोडिङ स्कुलका एक विद्यार्थी बसबाट लड्दा घाइते भएका छन्।

विद्यालय कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालकृष्ण खरेल मिति २०८१ माघ २४ गते साँझ ४:३० बजे विद्यालय छुट्टी भएपछि विद्यालयकै रा १ क १५२७ नम्बरको बसमा चढ्ने क्रममा ढोकाबाट लडेर घाइते भएका हुन्। घटनामा उनको बाँया हातमा चोट लागेको छ।

घटनापछि उनलाई उपचारका लागि सिटी अस्पताल, तुलसीपुर ल्याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ।

हाल घाइते बालकृष्ण खरेलको उपचारमा उनका बुबा नुमाकान्त खरेल, विद्यालयका अध्यक्ष विमल गौतमसहित विद्यालयका अन्य पदाधिकारी संलग्न छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="