after_navbar

तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते


माघ २७, २०८१


दाङ,२७ माघ । तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। अपरान्न दिउँसो ३साढे ३० बजे तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखौवामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो।

घोराहीबाट तुलसीपुरतर्फ जांदै गरेको ना ६ ख ५९२२ नम्बरको औषधि बोकेको ट्रकले भुस्राबाट तुलसीपुरतर्फ गइरहेको लु.प्र. ०२-००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–७ घुसेरीका ४७ वर्षीय तिर्थ बहादुर खत्री घाइते भएका छन्। उनको दाहिने कोखा र दुबै हातखुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ।

मोटरसाइकलको पछाडि सवार करिब ५६ वर्षीय जंग बहादुर चौधरी को दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक बारा, जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवा निवासी ४५ वर्षीय जयराम अधिकारी लाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक सुर्य बहादुर रानामगर नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक तराई यातायात व्यवसाय संघ, सिमरा, बारा अन्तर्गत दर्ता रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="