काठमाडौ। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले पत्राचार गर्दै देशभर ग्यासको आपूर्ति सहज, नियमित र प्रभावकारी बनाउन यस्तो निर्देशन दिएको हो।
निगमले बजारको मागअनुसार ग्यास आयात बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण उपयोग गरी मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस