दाङ। दाङको प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) श्यामु अर्यालको काज सरुवा भएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत अर्याललाई दाङ पठाइएको हो। यसअघि दाङका प्रहरी प्रमुख रहेका एसपी दीपक श्रेष्ठको नेपाल प्रहरी विशेष सुरक्षा गण, मकवानपुरमा सरुवा भएको छ।
अर्याल यसअघि इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुख (डीएसपी) का रूपमा कार्यरत थिए।
प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले मंगलबार साँझ ६० जना प्रहरी अधिकारीको सरुवा गरेको थियो।
प्रतिक्रिया दिनुहोस